प्रदूषण रहित विकास एक परिकल्पना ः
डा. केदार कार्की

हाम्रो देशमा प्रदूषण कति खतरनाक स्तरसम्म पुगेको छ त्यसको आँकलन यसै तथ्यबाट लगाउन सकिन्छ कि विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये नेपाल २० सौं स्थानमा छ । राजधानी काठमाडौंको अवस्था त यस कुरामा झनै बेहाल छ, प्रमाण खोज्न टेकु अस्पताल पुग्दा छुन्छ । तातिँदो धर्ती, बढ्दो संकट, सिद्धिदै जङ्गल र हावामा मिसिएको प्रदूषणको बिष्बारे गुनासो त सबैले गर्छन तर पर्यावरणको विग्रँदो अवस्थाबारे जिम्मेवारी हुनुपर्ने सरकार त सुतेर बसेको छ भने साधारण जनसमुदाय त ढुक्क भई बसेका छन् । बागमती, विष्णुमती, मनोहरातिर हप्ताको एउटा शनिबार ठूलाबडा आएर फोहर संकलन गरी लान्छन् बाँकी ६ दिन त हामीले प्लाष्टिकमा बेरेर त्यही खोलामा फाल्ने हो ढुक्क भएर । जवकी पर्यावणको विषय त समग्र समुदायसँग जोडिएको हुन्छ । उचित योजनाहरु सँगसँगै धर्तीमा उपलब्ध संसाधनहरुको संयमित उपभोग र सही जीवनशैली ले नै यस व्यापक बिषयलाई प्रभावकारी रुपले संबोधित गर्न सक्छ । यहाँ सम्म कि पर्यावरण संरक्षणमा सरकारी या गैरसरकारी प्रयास पनि प्रभावकारी रुपमा त्यतिबेला सफल हुनेछ जब जनमानसमा सोच एवं संवेदनाशिलता आउँछ । किनकी पर्यावरणलाई विगार्न र वातावरणलाई यो हदसम्म विषाक्त बनाउनमा आजको युगको जीवनचर्या पनि कम जिम्मेवार छैन । यसलाई ढोङ्गको सँस्कृति भन्ने कि ऐश आरामको लहड । अब त आवश्यकताहरु माथि इच्छाहरु भारी पर्दो छ । आवश्यकता विनानै सवारी साधन खरिद गर्ने अनि २–४ पाइला पनि हिंड्न नचाहने जीवनशैलीले हाम्रो भविष्य माथि नै प्रश्न चिन्ह लगाउँदैछ । घरमा प्रत्येक आवश्यक अनावश्यक सुविधा जोर्नु अब महानगरहरुमा मात्र हैन गाउँघरतिर पनि सामान्य कुरा भएको छ । सोच्नु पर्ने कुरा यो छ कि यस्तो सुखसुविधामा अभ्यस्त हुँदै गएका मानिसहरु अहिले यी चिज विना पनि सहज जीवन बाँच्थे । आधुनिक जीवनशैलीसँग जोडिएका यस्ता तमाम मानिहरु धर्ती माथि अतिरिक्त बोझ बढाउने त हुँदै हुन् साथै पर्यावरणलाई पनि धेरै हद सिमा सम्म नोक्सानी पु¥याइ राखेका छन् । वास्तवमा भोगवादी सँस्कृति भएका मानवीय बानी व्यहोराले पनि प्रकृतिलाई कुपीत गरेको छ । । असिमीत मानवीय आवश्यकताहरु र गतिविधि हरु ले धर्ती, जल तथा वायु सबै लाई प्रदूषित गरेको छ । जहाँ रुख विरुवा लाई पूजा गर्ने परम्परा थियो त्यही पहाड देखि मरुभूमि सम्म देशको प्रत्यके भागमा प्राकृतिक संसाधनहरुको दोहन भइराखेको छ जबकी पर्यावरण सुरक्षित गर्नका लागि जागरुकता तथा जिम्मेवारीको भावना दैनिक बानी व्यहोराको हिस्सा हुनु आवश्यक मानिन्छ । यस जिम्मेवारीको सबैभन्दा पहिलो पाइला पर्यावरण दोहनलाई रोक्नु मानिन्छ । निःसन्देह यो तव मात्र सम्भव हुनेछ जब हाम्रा आवश्यकता सिमित होस् । विचारणीय कुरा यो पनि छ कि हाम्रो संस्कृतिमा पुनः प्रयोग हुन नसक्ने कुनै पनि चिजको प्रयोगको प्रावधान थिएन त्यही अब प्रयोग गर अनि फालको सँस्कृति द्रूतगतिमा बढ्दो छ । धर्तीको छात्तिमा बढ्दो फोहोरको पहाड यसको साक्षी छ । सामाजिक आयोजन देखि लिएर घरेलु अवश्यक काममा पनि प्रयोग हुने यस्ता प्रायजसो सामाग्रीहरु प्लाष्टिकबाट बनेका हुन्छन् । कही समय पहिलो गरिएको एउटा अध्ययन अनुसार वर्ष २०४७ सम्ममा फोहरको उत्पादन पाँचगुणाले बढ्ने छ । जुन देशमा फोहारमैला व्यवस्थापन पहिले देखि नै समस्या बनेको छ त्यहाँ आउँदो दिनमा फोहोरमैला को उत्पादा बढ्नु चिन्तनीय मान्न सकिन्छ । एकातिर विकास अनि औद्योगिकीकरणको नाममा प्राकृतिक संसाधनहरुको दोहन भएको छ भने अर्कोतिर बदलिँदो दिनचर्याका कारणले धर्तिको हावापानी बदलिने काम गरेको छ । हामीले प्रकृतिबाट लिन त सिक्यौं तर उसलाई केही पनि शोधभर्ना गर्नुपर्छ भन्ने चाहीँ बिस्र्यौ । निःसन्देह प्रकृतिले मानिसको आवश्यकता परिपूर्ति गर्ने सामर्थ राख्दछ तर मानिसले त सबै खोस्न लागेको छ । हुन त पर्ने थियो हाम्रो जस्तो देशमा जहाँ जनसंख्या द्रुत गतिमा बढ्दो छ प्रकृतिलाई संरक्षण गर्ने अतिरिक्त प्रयास गरिनु पर्दथ्यो तर मासिनको सासको लागि शुद्ध हावा दिने रुखविरुवाहरु पनि संरक्षणको अभावमा मृत्युवरण गर्दैछन् ।
सेन्टर फर ग्लोबल डेभलपमेन्टको एउटा चेतावनी अनुसार यदि रुखविरुवा घट्ने क्रम यसै गतिमा रहिरहे वर्ष सन् २०५० सम्ममा विश्व मानचित्र बाट भारतको क्षेत्रफलको बराबर वन जङ्गल सखाप हुनेछ । रुख बचेन भने पृथ्वीको तापमान पनि तेजीले बढ्नेछ । साथै बढ्दो कार्वन उत्सर्जनले पर्यावरणमा थाप गर्मी बढाउनेछ । विचारणीय कुरा यो छ कि हामी कहाँ बढ्दो आर्थिक विकास, आर्थिक सम्वृद्धि सुविधा सम्पन्न जीवनशैली, शहरीकरण तथा प्रतिव्यक्ति बढ्दो उर्जाको खपतले प्रत्येक वर्ष कार्वन उत्सर्जन बढाउँदो छ । उर्जाको बढ्दो खपतको कारण व्यवसायिक उपभोग बाहेक दिन रात चल्ने घरेलु उपकरण र बढ्दो विद्युतीय बाहन आदि पनि हुन् । यही कारणले गर्दा वितेको केही वर्षहरुमा पर्यावरण असन्तुलनको जुन स्थिति उत्पन्न भयो अहिले त्यसको नतिजा प्रत्यक्ष रुपमा सामुन्ने आउन थालेको छ । बढ्दो गर्मी त ज्यानमारा सावित हुँदैछ अब चिसो पनि बेमौसम बढ्न थालेको छ साथै प्राकृतिक विपदहरु पनि बढ्दो छ ।
सुख सुविधा जुटाउँदा जुटाउँदै मानिस यो भूल गर्दैछ कि पर्यावरण संरक्षण स्वयं उसको आफ्नो अस्तित्व बचाउनका लागि पनि आवश्यक छ । धर्तिको दोहनको सीमा पार गर्ने खालको उसको बानीव्यहोराले स्वयं उसलाई जीउन गाह्रो पर्दो छ । विषाक्त हावाको कारण भ्रुणमा भइरहेको परिवर्तनले मेन्टल डिसअडर, दुब्लापातला, सुस्तमनस्थिति वा आँखाको समस्या सहित बच्चा जन्मिदै छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार आज विश्वका शहरी क्षेत्रहरुमा वायु प्रदुषण सबैभन्दा ठूलो समस्याकोरुपमा सामुन्ने आइराखेको छ । यतिमात्र हैन देशको ठूलो जनसंख्यालाई सफा पेयजल उपलब्ध हुन सकेको छैन । दूषित खानेपानीका कारण कैयौं संक्रामक रोग फैलिराखेका छन् । अमेरिकी साइकोलोजिकल एसोसिएसन तथा इको अमेरिकाको शोधकर्ताहरुको अध्ययनले इङ्गित गरेको छ कि वैश्वीक तपनका कारण मानिसहरुमा मनोग्रन्थी, चिन्ता र अनिद्रा बढ्दो छ । मानिसहरुको व्यवहार लगातार हिंस्रक हुँदै छ । भन्नु गल्ती नहोला कि पर्यावरण संकटका कारण प्रत्यक्ष वा अप्रत्यक्षरुपमा देश र दुनियाँका प्रत्येक व्यक्तिलाई पिरलेको छ । यो सामुदायिक चिन्ताको विषय पनि हो जसका लागि साझा जिम्मेवारी निर्वाह गर्ने सोचाइ जरुरी छ ।
जनसमुदायले भौतिक सम्पत्ति जुटाउने लालसायुक्त मानिसकता भन्दा माथि उठेर पनि यसमा ठूलो योगदान दिन सक्छन् । सहज जीवनशैली अपनाएर प्रकृतिको फिक्का भइरहेको रङ्गहरुलाई संरक्षण गर्न सक्छन् । सरकारी प्रयास आफ्नो ठाउँमा छ तर पर्यावरणलाई क्षती पु¥याउने क्रियाकलापबाट बच्नु र प्रकृतिमाथि आफ्नो आवश्यकताहरुको बोझ नबढाउनु पनि पर्यावरणलाई बचाउनमा धेरै मद्दतगार हुनसक्छ ।