डा. केदार कार्की
सेवा निवृत्त ः बरिष्ठ पशुचिकित्सक
प्रमुख भेटेरिनरी जनस्वास्थ्य कार्यालय
त्रिपुरेश्वर

प्रत्येक वर्ष २२ अप्रिल अर्थात पृथ्वीदिवस । यस दिन वैश्वीक स्तरमा प्रबुद्ध मानिसहरु पर्यावरण आन्दोलनको उत्सव मनाउँछन् । पृथ्वीसँग जोडिएका समस्याहरु माथि गोष्ठीको आयोजना गर्दछन् । यस्ता गोष्ठीहरुको माध्यमबाट जीवनलार्य प्रतिकूल तरिकाले प्रभावित गर्ने खालनका पर्यावण विरोधी कामहरु प्रति समाज, सरकारहरुको ध्यान आकर्षित गराउँछन् । नवाचरणहरुबारे पैरवी गर्दछन् । यस वर्ष पनि यस्तै भयो तर कोभिड–१९ अर्थातक ोरोना महामारीको कारण परिस्थिति बेग्लै भएकोले सेमिनार, गोष्ठी कार्यक्रमहरु आधुनिक तरिकाले भर्चुअल बैठक भयो । भर्चुअल बैठकको माध्यमबाट पृथ्वी दिवसको सन्देश जनसमुदायसम्म पु¥याउने कामहरु भए पनि । यो समयको माग हो । यस वर्षको पृथ्वी दिवसको नारा थियो धर्तिको अस्मिचता बहाली ९च्भकतयचभ यगच भ्बचतज० यो एउटा विशुद्ध आशावादी सोच हो । यो सोच जलवायु परिवर्तन एवम् वैश्वीक तापन तथा कोभिड–१९ को लगातार बढ्दो असरको पृष्ठभूमिमा पृथ्वीको अस्मिताको निम्ति काम गर्नका लागि सबै सम्बन्धित सरोकारवालाहरुलाई पुरजोर आग्रह गर्ने छ । हाम्रो धरती एवं उसको परिवेश स्वास्थ्य होस् । निरापद होस । यसको अस्मिता बहाली होस् र यसले हामीलाई राम्रो स्वास्थ्य, आजीविकाको निरन्तरता एवं आनन्दका अन्गिनत प्रदान गर्ने खालका मौकाहरु प्राप्त होउन । मानव जातिलार्य विलुप्त हुनबाट बचाओस् । प्रष्ट भएकै कुरा हो कि यो दिन वैश्वीक स्तरमा सबैका लागि यो दिन आत्मचिन्तन एवम् मन्थन मननको दिन हुनेछ । यस दिन उनीहरुले आफ्नो कथनी एवम् करनीहरुको समीक्षा गर्नु पर्ने छ एवमु ती कारणहरुलाई समग्रतामा बुझ्नु पर्नेछ जसले जलवायु परिवर्तन, वैश्वीक तापन (ग्लोवल वार्मिङ्ग) तथा अविवेकी मानवीय गतिविधिहरुका कारण धर्तीको विग्रँदो स्वास्थ्यका लागि जिम्मेवार छ । कोभिड–१९ को आपाधापी चटारोका वावजुद पनि यो साल पर्यावरणका लागि चिन्ताको विषय बनेको छ । मानव सभ्यताले अझै भेउ पाउन सकेको छैन । कोभिड–१९ को विनासकारी प्रलय कतिबेला थामिएला । आज उत्तर आधुनिक प्राज्ञिक सूचना प्रविधि एवम डिजिटल डायगोनिस्टिक रमाइलो युक्त वातावरणमा पनि मानवीय सभ्यता निरिह भएको छ ।
जलवायु परिवर्तन वैश्वीक तापन, तथा अविवेकी मनवीय गतिविधिहरुका कारण पर्यावरणीय घटकहरुमा जुन परिवर्तन भइराखेको छ जसलाई इन्टरगभरमेन्टल पैनल अन क्लाइमेट चेन्ज (जनवायु परिवर्तनका लागि अन्तर सकारी दल) ले असामान्य परिवर्तन भनेको छ । जसमा पृथ्वीको वातावरणमा अवस्थित हरिरतगृह ग्यासहरुको असरले समुन्दूहरुको पानी अम्लीय हुनु, मौसमी घटनाहरुमा असामान्य बृद्धि , वर्षाको पानी मात्रा, तीब्रता एवं वितरणमा परिवर्तन हुने, खडेरी सम्भावित क्षेत्रहरु एवम् मरुभूमि स्थलीय क्षेत्रहरुमा बृद्धि, प्रतिहेक्टर उत्पादन घटनु, हिमनदीहरु खुम्चिनु, अनेक प्रजातिहरु लुप्त हुने खतरा बन्नु प्रमखु छन् । पृथ्वीको हावा पानी एवमु वनजंगल प्रत्येक दिन अझ बढी अस्वस्थ्य हुँदै छ । प्रकृतिको त्यो तागत जसले पर्यावरणीय कटकहरुलार्य आफसेआफ हुने वा परिवर्तनलाई प्राकृतिक ताकत दिन्छ । धेरै ठाउँमा फुच्चे सिद्ध भइराखेको जस्तो देखिन्छ । उपयुक्त कारणहरुले जैवीक विविधता सहित मानवजाति माथि संकट बढ्दो छ । जसको ज्वलन्त उदाहरण खोज्न अन्त कतैजान पर्दैन, कुर्न पर्दैन कोभिड–१९ आसन्न विनासकारी प्रलयले आजको युगको मानवीय सभ्यतालार्य निरिह पार्ने गरी हाम्रा सामु उभिएको छ भन्न केको आइतबार कुर्ने ।
पृथ्वीको अस्मितालाई प्रतिकूल तरिकाले प्रभावित गर्ने यस बेलामा लगभग १६ महिना पहिले कोभिड–१९ कोरोना माहामारीले आफ्नो उपस्थिति सगर्व मानवीय सभ्यता सामु देखाएको छ ।
विदितै छ, विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ को सबैभन्दा सम्भावित बाहक हुलाकी चमेरो हो । यस भाइरसबाट संक्रमित चमेरोको मध्यवर्ती मेजवान जुन जंगली वा घरेलु जनावर हुनसक्दछन् को माध्यमबाट मानिसमा प्रवेश गरेको छ । यस महामारीबाट बच्नका लागि उपचार बाहेक लकडाउन, बन्दाबन्दी तथा समाजिक दूरी कायम गर्नको मद्दत लिइएको छ । बन्दाबन्दी एवं त्यसको आशंकाले गर्दा कलकारखाना, स्कूल, कलेज, उत्पादन, बजार, कार्यालय यत्यादिका अनेक ठाउँमा कामकाज भएका थिए, छन् र हुनेछन् । कतिबेलासम्म र कुनबेला भन्न सकिने अवस्था पनि छैन जस्तो स्थिति श्रृजना भएको छ । आज मानव सभ्यता अगाडि सूचना प्रविधि क्षेत्रमा (वर्क फ्रम होम) घरबाटै काम संस्कृतिको विकास भएको छ यसले निरन्तरता पाउने सम्भावना प्रबल भएर गएको छ । आवास निवास (रियलस्टेट) को काममा शिथिलता आएको छ । अनेक मानिसको मनमा भयाको वातावरण एवं असुरक्षाको भावना पलाएको छ। यो पुरै तरिकाले सही छ कि कोभिडको असर अर्थ व्यवस्था, उद्योगधन्दा, योजनाहरु कार्यक्रमहरु, जीवनशैली एवम् प्राथमिकताहरुमा देखिएको छ । तर कोभिड–१९ महामारिको नसिहत एवम् संकेतहरुले अब सबै माथि नयाँ तरिकाले सोच्नका लागि अवसर एवम् परिस्थिति उपलब्ध गराएको छ । यसबाहेक यसले बहुसंख्याक बञ्चित समाजको स्वास्थ्य आजिविकाका अवसरहरु तथा सुखपूर्वक जीवनयापन गर्न पाउन इत्यादिसँग सम्बन्धित अनेक आधारभूत प्रश्न जनु पर्यावरणीइ घटकहरुबाट प्रभावित हुन्छन्सँग जम्काभेट हुन एवम् तिनलाई हल गर्नका लागि विशाबोध प्रदान गरेको छ भन्न कुनै साइत शुभमूहूर्त जुराउन कुनै आइतबार के कुरा राखेको भन्ने कुरा वैश्वीक मानव सभ्यताका अगाडि तेर्सिएको छ पनि । बुझ्नेलाई यो कुरा त गहिरो छ गहन त छ नै तर नबुझेकालाई त उही घर मुनी पहिरो छ जस्तो त होनी ।
पछिल्लो १६ महिनामा कोभिड–१९ का कारण जे केही घटना भएका छन् वा देखिन आएका छन् ती पर्यावरणको दृष्टिले अकल्पनीय छन् । यसैले कोभिड – १९ को यस कालखण्डको मूल्याङ्कन मात्र बजार वा सेयर बजार या सकल घरेलु उत्पादनको तराजुमा हुनु हुँदैन । यसलाई धर्तीसँग सम्बन्धित पयाएवरणीय घटकहरु जस्तै बायुमण्डल, जलश्रोतहरु, नदीहरु एवम् माटो इत्यादीको साथ सार्थ समाजको शुभलाभ एवमु स्थायी हितहरुका आधारमा पनि हेरिनु, मूल्याङ्कन गरिनु एवम् मनन गर्नुपर्ने हुन्छ । यस गन्थन मन्थनका आधारमा पृथ्वीको अस्मितालाई वार प्रहार गर्ने, बखाद गर्ने, खालका समस्याहरु र सवालहरुको उत्तर खोजिनु पर्दछ । यी सबै सवालहरु जनु संकटमा बसेको समाज भोगिराखेको छ । र जो योजनाकारहरु, नीतिनिर्माताहरु एवम् प्रवन्धकहरुका सामुन्ने यक्ष प्रश्न बनेरउभिइएका छन् । कोभिड–१९ कालको समुन्द मन्थनमा जनु अमृत निकाल्न सक्छ वा संकेतहरुको माधयमबाट प्रकट भएको छ तिनलाई पृथ्वीको असिमता पर्नस्थापनाको लागि खर्च गर्नुपर्ने हुन्छ । यसका लागि विभिन्न हितग्राहीहरुद्वारा यसको गहन समीक्षा हुनुपर्ने छ । विदितै छ कि कोभिड–१९ कालले दैनिक एवमु अर्धकुशल शहर िमजदुरहरको आजीविकालार्य सबैभन्दा बढी प्रभावित गरेको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनसमुदायहरुमा यसको असर अपेक्षकृत रुपमा कम देखिएको छ। चिकित्सा क्षेत्रमा अनुसन्धान क्षेत्रमा पनि छैन । ययिद कोभिड–१९ कालको असरलाई आजिविका, सामाजिक सुरक्षा तथा इपटतम खुशहालीसँग जोडेर हेरियो भने बुझ्न सकिन्छ कि पर्यावणीय घटकहरुसाग जोडिएका हाम्रो परम्परागत कृषि क्षेत्र लगभग अप्रभावित क्षेत्र मानिन्छ भने तयही पर्यावरणीय घटकहरुलाई वेवास्ता तथा दैनिक एवं अर्धकुशल मजदुरहरुलाई समित मात्रामा अस्थायी रोजगारी उपलब्ध गराउने औद्योगिकक्षेत्र बदहालीको सिकार भएको छ ।
कोभिड–१९ को यस अवधिमा अबैज्ञानिक औद्योगिक गतिविधिहरु कम भएका कारणले पर्यावरणीय घटकहरुको स्वास्थ्यमा चमत्कारिक अन्तर देखिएको छ । यो अन्तर कलकारखानाहरुका अनुपचारित अपशिपटहरु, फोहरमैला तथा खतरनाक फोहरमैलाहरु नदिमा विसर्जित नभएका कारण स्वच्छता नदिहरुको पानीमा देखिएको छ । यस अन्तरका कारण सदाबहार नदीहरुको स्वास्थ्यमा सकारात्मक सुधार भएको देखिदै छ । तीनका जैविक विविधता लाग्दछ पुर्नस्थापित हुँदै छ । यस्तै अन्तर आकाशमा हालको गुणस्तरमा पनि देख्न सकिन्छ । हामीलाई आफ्नो छेउछाउमा पन्छिहरुको चिरविर सुन्ने अवसर मिलेको छ । यी सबै परिवर्तनहरु औद्योगिक चुल्होहरु एवम् सवारी साधनहरु उत्सर्जित हुने धवाँहरुको उतसर्जनमा भएको कमीका कारण भएका हुन् । कोभिड–१९ कालमा भएका यी परिवर्तनलाई हेर्दा लाग्दछ कि पृथ्वीको अस्मीता पुर्नवहाली हुने बाटोमा छ ।
यथार्थमा यो संकेत कुनै एउटा मुलुकमा सिमित छैन यो वैश्वीक पनि छ । यसैले यो समय सबै देशहरुले संकल्पलिएर आफ्नो जिम्मेवारी पूरा गर्ने समय पनि हो । अन्यथा पृथ्वी दिवस आउँदै जाँदै रहने छ उही हाम्रा चाडवाड जस्तै गरी अनि पृथ्वीको पर्यावरणीय घटक क्षतविक्षत हुँदै रहने छन् । जीवनमाथि संकट निरन्तर गहिरो हुँदैजाने छ । कोभिड–१९ कालको शिक्षा बेकार जानेछ र चिन्ता बढ्दै बल्झिदै जानेछ र फेरी केबल तिनै भाग्शाली प्रजातिहरुले पृथ्वीमा राज्य गर्ने छन् जो पर्यावरणीय घटकहरुको क्षतविक्षत हुँदा पनि बाँच्ने छन् । अरुका लागि भने आपूm मरे डुमै राजा भए पनि केको मतलब । अतः आज मानव सभ्यता अगाडि कोभिड–१९ भन्दा पहिले जलवायु परिवर्तन एवम् वैश्वीक तापन अनुकुलनका लागि तयार पारिएका योजना कार्ययोजना तथा नीति नियम, प्राज्ञिक, प्राविधिक, व्यवस्थापकीय क्षमता बारे पुर्नचिन्तन गर्नुपर्ने छ किनभने यसभन्दा अगाडि हामीले सगरमाथाको चुचुरोदेखि पोल्याण्डसम्म जलवायु परिवर्तन अनुकुलन बारे धेरै भनजर्कीतन, सभासम्मेलन ग¥यौं तर अकसमात, अकल्पनीयरुपमा मानव समुदायका अगाडि देखापरेको कोभिड–१९ को विनाशकारी प्रलयले निम्त्याएको संकटबाट निस्कने बाटो आजको उत्तरआधुनिक सूचना प्रविधि एवम् डिजिटल डाइगोनोपटीक युगको मानव सभ्यताले भेउ पाउन सकेको छैन । हाम्रो आफ्नो परिवेशमा चितवनको अध्योध्यापुरीमा रामसिता अनि अनुमानको मूर्ति प्रतिस्थापन गर्नुबाहेक भोली त अझ केही हुनेह ो, कसले कल्पना गरेको छ र ? त्यसैले आज मानव पशुपन्छि एवम् परिस्थितिक प्रणालीको बीच न्यूनतम सन्तुलन सहकार्य भएमात्र यस साझा पृथ्वीमा सबैको अस्तित्व सुनिश्चित होला नत्र कोभिड–१९–२०–२१ को अनन्त श्रृङ्खला कति आउलान् कि नआउलान भन्न त फेरी आइतवारनै नकुरी मानव सभ्यतालाई धरै छैन । कुडो कोभिड–१९ का रैवार पर्यावरणको भनको यसैलाई हो ।