काठमाडौं, १२ साउन
पर्सा, जिराभवानी गाउँपालिका-२ पिपरास्थित मन्दिर पछाडी बाटो बनाउने क्रममा ना.१ क १७९९ नम्बरको डिसहिटर ट्याङकरले अलकत्रा हिटिङ गर्ने क्रममा मंगलबार बिहान अचानक आगलागी हुँदा ट्याङकरको पछाडीको भाग पूर्णरुपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाजुरा, त्रिवेणी नगरपालिका-१ लडुङ्ग्रास्थित जेके ङग्लिस बोर्डिङ स्कुलको कार्यालय कोठामा ईन्डिकेटर सर्ट भई सोमबार बिहान आगलागी हुँदा कोठामा रहेको कम्प्युटर, माईक्रोस्कोप, दराज लगायतका फर्निचरको सामान जलेर करिब २ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।