काठमाडौं, १२ साउन
पर्सा, वीरगंज महानगरपालिका-१४ पावरहाउस चोकस्थित सडकमा ना.३ ख ४६८८ नम्बरको ट्रकले ना.१९ प ८९६५ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१३ पिपरा बस्ने ३६ वर्षीय समसुल हक अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी नजिकै रहेको नयाँ कलबट राखेको ठाँउमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.६ प ७२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।