हेटौंडा-१० स्थित गोरक्षश्वर धाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजधानीको लागि हेटौंडा नै उपयुक्त भएको र हेटौंडेलीलाई ढुक्क हुन आग्रह गरेका थिए । आगामी वैशाख १ गतेबाट गोरक्षश्वरमा हुने महायज्ञ तथा गोरक्षश्वका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उनले धर्मलाई सम्मान गर्ने राजनीतिक संस्कार भएको उल्लेख गर्दै आफू कुनै पनि धर्मविरोधी नभएको बताए ।

धार्मिक पर्यटनका लागि गोरक्षश्वरलाई सरकारले सहयोग गर्नेसमेत बताए । अध्यक्ष दाहाल हेटौंडा उपमहानगरपालिका-४ का पूर्ववडाध्यक्ष एवं माओवादी कार्यकर्ता रामकृष्ण श्रेष्ठको अवस्था बुझ्न मंगलबार अपरान्ह हेटौंडा अस्पताल पुगेका थिए ।

अस्पतालमा पनि उनले सञ्चारकर्मीहरुसमक्ष राजधानी हेटौंडाबाट सर्दैन र हेटौंडा अस्पताललाई पनि राजधानीको अस्पताल जस्तो बनाउन आग्रह गरेका थिए ।

handgunsсоздаемгШвед ВВпродвижение под гуглкупить пояс для визажиста украина