काठमाडौं-२०७४-१२-६-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  यति बेला आफ्नै कार्यकताको नजरमा शंकाको घेरामा परेका छन् ।

निर्वाचको केहि समय अघिदेखी एमाले माओवादीबीच पार्टी एकताको कुरा अलमलमा परेको कारण उनीहरु दुवै जना शंकाके घेरामा तानिएका हुन् । बाम एकताको नारा बोकेर निर्वाचनमा होमिएका एमाले माओवादीले सोचे जस्तो मत परिणाम पाएको कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री समेत बनिसकेका छन् । तर यति बेला सबैतीर पार्टी एकताको बिषय चर्चामा रहेका छन् ।

Oli_Prachanda_Tapaikokhabarएमाले अध्यक्ष केपी शर्मा ओलीले चैतको पहिलो सातामा आफू प्रधानमन्त्री भएको १ महिना भित्रै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने भनेको भए पनि यतिबेला सम्म कुनै चर्चा नभएपछि कतै पार्टी एकता नै नहुने त हैन भन्ने विषयमा शंका आएको छ ।सुरुवाती अवस्थामा एमाले र माओवादीबीचको पार्टी एकताको कुरामा ओली र प्रचण्ड नै उत्साहित भएको भए पनि पछिल्लो समय उनीहरु नै चुपचाप रहेका छन् । निर्वाचन पछि तत्कालै सरकार गठनका लागि एमाले र माओवादी आन्तरिक कसरतमा जोडिए । निरन्तरको प्रयासले एमाले र माओवादीबाट मन्त्रीहरु बने पनि आन्तरिक असन्तुष्ट ब्याप्त छ ।

स्रोत भन्छ ‘ओली कमरेड अब एकता भन्दा पनि पार्टीको दशौं महाधिवेशनका लागि आर्थिक संकलनतिर लाग्नुभएको छ ।’

पार्टी एकताका लागि गठित दुई कार्यदलले पनि ओलीको मनस्थिति बुझेर सक्रियता देखाउन छाडेका छन् । कार्यदलको समयसीमा समेत सकिएको छ । त्यसपछि फेरि समय थप गरिएको छ ।

थपिएको समय पनि चैत १० गते सकिँदैछ । अहिले त्यो कार्यदल आफै लंगडो भएको छ । कार्यदलमा भएका कतिपय सदस्य नै मन्त्री बनिसके । एक कम्युनिष्ट विष्लेषक भन्छन् –हाम्रा साथीहरुको रोग नै पदमा पुगपछि आफ्नो जिम्मेवारी बिर्सनु हो ।

ती विष्लेषकको भनाइलाई आधार बनाउने हो भने कार्यदलले चैत १० को सीमाभित्र पनि केही गर्नेछैन । किनकि दुई साता हुन लागेको छ कार्यदलको बैठक समेत बस्न नसकेको ।

नेताहरुको यही मनस्थिति बुझेर होला एकताका योजनाकार एमाले उपाध्यक्ष बामदेव गौतमले भनिसकेका छन् अब बैशाख ९ गते एकता घोषणा । एक महिना किन पछाडि सारियो ?

जब कि फागुन १० गते अन्तरिम विधान र संगठन तथा अन्तरिम राजनीतिक प्रतिवेदन कार्यदल गठन भएको थियो । त्यसले १५ दिनको समय पाएको थियो । त्यसपछि १० दिन थपियो । अझै पनि यसले काम गरेको छैन ।

ipress.uaреклама в соц сетяхкак привлечь посетителей на сайтdostavka.spacegoogle penguin and panda algorithm updatesдиректива host robots txt