• देशको अस्तित्व कसमा सिमित
    सबैका वर्णनका शैली , विचार,अनि सरल अर्थ फरक फरक हुन्छन । जहाँ विचार हरुको विद्रोह हुन्छ, त्यहा वैचारिक लडाई हुन्छ, साङ्गठिक समूह हुन्छ, गुट हुन्छ,सिद्धान्त हुन्छ अनि चतुर्‍याइँ हुन्छ,जुन अलौकिक हुन्छ।यसरी कुनै पनि निश्चित भाग जसलाई राजनैतिक ,भौगोलिक,सामाजिक र आर्थिक रुपमा मजबुत बनाउन र त्यहा रहेका जनता बिचका अन्तरकलह,वैचारिक विभिन्नता लाई एउटै धारमा उभ्याउन समन्यायिक ढङ्गबाट देश बनाउन अग्रपंक्तिमा रहेर राजनितिक दल (जुन जनताबाट जनताकै हकहितका लागि बनाइएको हुन्छ) ले अहम भुमिका खेलिरहेको हुन्छ।
    म राजनितिको त्यति ठूलो विश्लेषक त हैन तर मैले मेरो देशमा भोगेको देखेको र उज्यालो देशले भोगिरहेको सुनौलो चुनौतीलाई आफ्नै भाषामा व्याख्या गरिरहेको छु।
    राजनिती एक सन्तुलित देश निर्माणका लागि देश भित्र रहेका वैचारिक रुपमा समृद्द देशको सपना बोकेर अथाह भौगोलिक चुनौतीलाई टेकेर र समग्र आफ्ना कोकिल भुमिमा देशको अमुल्य माया बोकेर छातिभरी भर्भराउदा सपनालाई डुलाउदै हिडिरहेका जनताका आन्तरिक हासो र खुसीलाई समग्र देशको हासो बनाउन तत्पर जनशक्ति हो । जहाँ विचारहरुको सकारात्मक लडाई हुन्छ , त्यहा देशले नया मोड लिन्छ,यसरी भएको समृद्दीको लडाइ ले देशको मोहडा नै परिवर्तन हुन्छ,देशवाशी का आखामा जस्तासुकै सपना पनि निरर्थक भएर मर्ने छैन।यसरी बगेको रगतको आँसु ले देशको कलकलाउदो भविश्य उर्जागर भैरहेको छ त ।
    म एक साधारण परिवारको मान्छे, जस्ले कयौ दुखका होण्डरीहरु लाई किस्ता किस्ता भोगेको छ, जस्ले कयौ शासक का फेरिएका अनुहारहरु देखेको छ तर बद्लिएको समाज देखेको छैन,जस्ले बाटुलो समाजको सपना बोकेको छ तर पूरा गरेको छैन , सगरमाथाले उचाएको शिर , भौगोलिक विविधताले बनाएको अस्तित्व , गोर्खाली ले कोरेको देशको सुसज्जित नक्सा आज धर्खराएको छ तर दुर्भाग्यवश देशले काचुली फेर्न भने सकेको छैन।
    यसरी दिनप्रतिदिन देशको अस्तित्व लोपोन्मुख हुँदै जानू मा को बढी जिम्मेवार त ? राजनितिक दल, युवा , असहाय वा अरु केही। किन देश प्रतीको माया सबैको हैन र । तराई मा बाढी आउदा पहाडीको मन कटक्क पोल्दैन र ? पहाडमा जाडो बढ्दा तराई के धोती र कच्छाड बेरेर कानमा तेल हालेर नै बस्छ र ? कयौ युवाहरु खाडी उच्च तापमानमा पिल्सिदा दैनिकी रुपमा बाकसमा सडेर फर्किदा हरेक नेपाली आँसु चुहाउदैन र ? आखिर के मा छ त हाम्रो कमजोरी ।हामिले नै बनाएको हो राजनितिक दल, हामिले नै बनाएको सङ्गठन , हामिले नै बनाएको हो गुटबन्दी , हामिले पठाएको हो देशको भविष्य कोर्नलाई यिनै प्रतिनिधि हरुलाई भने देशले किन निकास पाएन त ? किन हामी अझै लाचार छौ?देशमा सङ्कट पर्छ, विदेशी सहयोगको भर, महामारी आयो बिदेशी दाताको भर, हुरि,बाढी,पहिरो,असिना,प्रकोप जे नै पर्दा पनि अझै अरुकै दैलो ढोग्न नै पर्छ भने ,कहाँ गयो हाम्रो रास्टृयता,कहाँ हरायो हाम्रो स्वाभिमान,किन हामी नालायक भयौ , के रास्ट्रप्रती हाम्रो जिम्मेवारि सकिएकै हो त? यहाँ गम्भीर प्रश्न खडा भएको छ ? आखिर देशको जिम्मा कस्ले लिने हो युवा वा अहिलेकै जिम्मेवार व्यक्तित्व ।
    करौडौ मिहिनेत गरेर कमाएको सम्पती , पुर्खाले निकै मिहिनेत गरेर बनाएको धरोहर ,अनि सन्सार जित्न कहिले पछाडी नहट्ने गोर्खाली को सान, पहिचानलाई कतै हामिले गुमाउने पो हो कि । यस्मा को बढि होसियार रहनु पर्ने हो , यसरी नै हामी मौन रह्यौ भने देश नरसम्हार बन्न बेर छैन ।बेलैमा हातेमालो गरौ, देशका सम्वाहक भएर देशलाई डुब्नबाट माथी उठाउ ।
    #जय_युवा
    #जय_देश                      -लेखक प्रकाश खुलाल