featured-news

काठमाडौँ ,पुस ६

वाम गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको स्पष्ट गरे । समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता रहेका छन । एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो ।реклама бесплатнаязаказатьпоставщики для интернет магазиновалюминиевая посудамеждународная экспресс доставка из китаякупить массажные банки