ऐतिहासिक सफलता प्राप्त गरेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो । क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गर्नुभएको थियो ।

खेलाडीलाई स्वागत गर्न सयौँ समर्थकहरु विमानस्थल पुगेका थिए । उनीहरुले क्रिकेट टिमको प्रशंसा गर्दै नाराबाजीसमेत गरे ।

नेपाली क्रिकेट खेलाडीहरुले यस पटक मात्र होइन, धेरै पटक आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् । तर, सरकार र आफूलाई क्रिकेटका स्टेक होल्डर भन्नेहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा पाएको सफलता जोगाउन सकिएको छैन ।

त्यसैले, यो उपलब्धिपछि नेपाली टोलीका कप्तान पारस खड्का तथा प्रशिक्षक जगत टमटाले खेलाडी तथा प्रशिक्षकले जे गर्नुपर्ने हो त्यो गरेको र अब पालो सरकारको रहेको भन्दै विमानस्थलमै सरकारलाई घच्घच्याए ।

कप्तान पारस खड्का भन्छन्, ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अब खेलाडीसँगै क्रिकेट पदाधिकारी र देशमाथि नै जिम्मेवारी छ कि क्रिकेटलाई कसरी हेर्ने ?’

विश्वकप छनोटको यो यात्राले नेपाललाई फेरि एक पटक मौका दिएको छ । सुपर सिक्समा नपुगे पनि नेपालले अबको चार वर्षका लागि एकदिवसीय मान्यता पाएको छ । चार वर्षमा घरेलु क्रिकेटको राम्रो जग बसाल्नु सक्ने हो भने अगाडिको यात्रा सहज हुन्छ ।

प्रशिक्षक जगत टमाटा भन्छन् ‘हामीले एक दिवसीय मान्यता पायौं, खुसी छौं । २०१४ मा टी-२० पाएपछि के गर्‍यौं त भन्ने प्रश्न छ’ , ‘त्यसैले महत्वपूर्ण अब चार वर्ष क्रिकेटलाई कसरी चलाउने त ? यहि तरिकाले केही हुन्न ।’ यसका लागि सक्षम क्रिकेट बोर्ड चाहिने र घरेलु संरचनालाई बलियो बनाउनु पर्ने उनी बताउँछन् ।

तर, नेपाल क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ । आगामी जुनमा निलम्बन फुकुवा हुने अपेक्षा राखिएको थियो । तर, निर्वाचित क्यानले साधारणसभा बोलाएर विधान अनुमोदन नगर्दा यो लक्ष्य प्रभावित हुने खतरा देखिएको छ ।

आईसीसी छनौटको समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो ।

маркетинг в социальных сетяхru-ru.facebookраскрутка сайтовнеработающиеfree online sex datingвирусная реклама маркетинг