साउदी अरेबियाको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरेबिया नेतृत्वको सैन्य गठबन्धनले मंगलबार आकाशमै नष्ट गरिदिएको छ । साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनका सिया विद्रोहीविरुद्ध युद्ध गर्दै आएको छ ।

क्षेप्यास्त्रक्षेप्यास्त्र प्रहार गरिएको यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो । साउदीको सरकारी टेलिभिजनले गठबन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुपूर्व नै साउदी नागरिकले आकाशमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने प्रचलनअनुसार सार्वजनिक गर्ने तयारी भइरहेका बेला उक्त आक्रमण भएको थियो । साउदीस्थित फ्रान्सेली समाचार संस्था (एएफपी) संवाददाताले ग्रीनविच समयअनुसार बिहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित आकाशमा विष्फोट भएको सुनेको बताए ।

यसैबीच यमनी सिया विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट मंगलबार आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गरेका छन् । अब्दुल्लाह सलामले ट्विट गर्दै ‘भोल्कानो एच-२’ नामक क्षेप्यास्त्रको प्रयोग गरिएको स्पष्ट पारे । उनले यामामाह दरबारप्रति लक्षित गरी यमनी सिया समूहद्वारा क्षेप्यास्त्र छोडिएको बताएका छन् । एक महिनाभित्र यमनका तर्फबाट प्रहार गरिएको यो तेस्रो क्षेप्यास्त्र हो । यसअघि १ डिसेम्बरमा हुथी विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।एजेन्सी

how to visit russiaраскрутка сайтавремячугункоффженские туфли на танкеткемногоступенчатые насосы высокого давления