नेकपाको जनसरकारले जाजरकोटका सबै स्थानीय तहमा सत्ता खाली गर्न दियो चेतावनी, नगरे कार्वाही गर्ने

काठमाडौं चैत ५-नेपाल कम्युनिस्ट पार्टीकाे जनसरकार जाजरकोटले स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा गर्न उर्दी जारी गरेको छ । भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषदको लेटर प्याडमा पत्र काट्दै राजिनामाको माग गरिएको हो ।

नेकपाले गठन गरेको जिल्ला जनपरिषदले जाजरकोटका सात ओटै तहका प्रमुखहरुलाई पत्र लेखेर राजिनामा गर्न आग्रह गरेको नेकपाका जिल्ला ईन्चार्ज प्रेम वली (धमिल)ले बताए । उनले क्रमश वडा स्तरका सवै जनप्रतिनिधीलाई राजिनामा गर्न लगाएर जनसरकार चलाउने गरी देशैभर अभियान थाल्ने योजना रहेको बताए ।

जिल्ला जनपरिषदका अध्यक्ष हरिचन्द्र जैसी अनुकुलद्धारा हस्ताक्षरित पत्रमा भनिएकाे छ –

‘सिंहदरवारदेखि स्थानीय गाँउ टोलसम्म भष्टाचारी, कालोबजारिया राजनितिक तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट तपाई र तपाईको सरकारको प्राथमिकतामा रहेको स्पष्ट छ । आफै सरकार प्रमुख आफै ठेकेदार, आफै ब्यवसायी तपाईहरुको चरित्र हो । यस्तो अवस्थामा जनताले राज्यबाट सेवा सुविधा पाउने भन्दा झन् प्रताडित बनाउने काम भएको छ ।  त्यसकारण, मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधिनता, सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तय गर्नका लागि तपाईले आफ्नो पदबाट राजिनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र आग्रह गर्दछौ अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाई आफै हुनु पर्नेछ ।’

यसैगरी नेकपाले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा, बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाह, कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीलाई राजिनामा गर्न लिखित पत्र बुझाएका हुन् ।

पूरानाे सत्ताका प्रतिनिधिहरूलार्इ राजिनामा मागेसँगै नेकपाले अहिले जनसरकार र जनअदालत स्थापना गरेर काम थालिसकेका छन् ।

राजिनामाको पत्र आएसँगै स्थानिय तहका जनप्रतिनिधी असुरक्षित महसुस गर्न थालेका छन् । उनीहरुले सरकारसँग सुरक्षाको माग गरेका छन् । तत्कालिन विद्रोही माओवादीले संचालन गरेको जनयुद्धको झझल्को दिने गरी काटिएको पत्रले जनप्रतिनिधी त्रसित बनेका छन् ।

куссайтовseo оптимизация и продвижениеСергей Александрович Фокинлогистическая компания киевлечение в израиле гинекология

Leave a Reply

Your email address will not be published. Required fields are marked *