कांग्रेस कोषाध्यक्षले गुट अन्त्य गर्न दबाब दिने

काठमाडौं, ५ चैत – कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनीइतर पक्षबीच निर्वाचन पराजयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेका बेला जिल्ला कोषाध्यक्षहरूले ‘गुटतन्त्र’ अन्त्य गर्न शीर्ष नेतृत्वलाई सामूहिक दबाब दिने भएका छन् ।

नुवाकोटमा चैत ७ र ८ मा हुने जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलामा कांग्रेस शुद्धीकरणका लागि भन्दै उनीहरूले शीर्ष नेतृत्वबाट आ-आफ्नो स्वार्थसिद्धिका लागि खोलिएका गुट अन्त्य गर्न दबाब कार्यक्रम बनाएका हुन् ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य खुमबहादुर खडका, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरूलाई गुट अन्त्यका लागि सामूहिक दबाब दिने तयारी कोषाध्यक्षहरूको छ । आजको कान्तिपुरमा खबर छ ।

раскрутка эффективнаяsochi tickets usauamcдизайнеровраскрутка сайтатуристическая путевка

Leave a Reply

Your email address will not be published. Required fields are marked *