स्थानीय तहले पठाएनन् खर्च विवरण

काठमाडौं, ४ चैत –  गाउँ-गाउँमा सिंहदरबारको अधिकार पुर्‍याउने उद्देश्यसाथ स्थानीय तहलाई अधिकारसम्पन्न बनाइए पनि जिम्मेवार हुन सकेका छैनन् । संघबाट वित्तीय हस्तान्तरणअन्तर्गत पाएको अनुदानको खर्च विवरणसमेत अहिलेसम्म एक चौथाइ स्थानीय तहले मात्रै पठाएका छन्। अहिलेसम्म दुई सय ३२ स्थानीय तहले मात्र खर्चको विवरण संघमा पठाएका छन् ।

उनीहरूले ४८ अर्ब आठ करोड २३ लाख रुपैयाँ खर्च गरेको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) का सदस्यसचिव मुरारी निरौलाले बताए । उनले भने, ‘अहिलेसम्म स्थानीय तहले गरेको खर्च प्रभावकारी रूपमा आउन सकेको छैन । सूत्रको प्रयोग गर्ने स्थानीय तहको खर्च भने केन्द्रबाट हेर्न मिल्ने भएको छ ।’

संघीय सरकारले दिएको अनुदान खर्चको विवरण स्थानीय तहले पठाउने पछिल्लो संयन्त्रका रूपमा सूत्र सफ्टवेयर प्रयोग गर्न थालिएको छ । पेफा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को सचिवालय हो । अर्थ मन्त्रालयले स्थानीय तहको आम्दानी-खर्चको विवरण सूत्र सफ्टवेयरको माध्यमबाट केन्द्रीय लेखा प्रणालीमा जोड्ने प्रयास गरेको छ । आजको अन्नपूर्णमा खबर छ ।

зайтиметоды раскрутки сайтаГарантированноеITбесплатное образование за рубежом магистратураФокін Сергій Олександрович

Leave a Reply

Your email address will not be published. Required fields are marked *