गुन्डा गणेश लामाको रिहाइको माग गर्दै कांग्रेसको मशाल जुलुश

गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

शनिबार बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

जुलुस शुरु गर्नुअघि काँग्रेसका नेता कार्यकर्ताले गणेश लामालाई रिहाइ गर, प्रहरी दमन बन्द गरलगायतका नारा लगाएका थिए ।

झडपका क्रममा नेपाली काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएको र उनीहरुको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनुभयो ।

काँग्रेसका कार्यकर्ताले पार्टी कार्यालय गोदामचोकबाट चार दोबाटोसम्म आएर नाराबाजी गरेका थिए । सो क्रममा सडकमा करिब एक घण्टा सवारी आवागमनसमेत बन्द भएको थियो ।

rbkmoney ruчехиюадидас курткибольшимлобановский александр женалобановский александр игоревич харьков

Leave a Reply

Your email address will not be published. Required fields are marked *