”हामीलाई एकताका लागि कसैले हात समातेर गुरुमन्त्र दिएको छैन”

 नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुलाई पार्टी एकता गर्न कसैले गुरुमन्त्र नदिएको बताएका छन्। उनले पार्टी एकतापछि ‘एमालेले माओवादीलाई र माओवादीले एमालेलाई निल्ने’ हुनाले दुई ओटै पार्टी उस्तै नरहने पनि दाबी गरे।

काठमाडौँबाट विजयी वाम उम्मेदवारहरुलाई बधाइ दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा ओलीले निकट भविष्यमै पार्टी एकता गर्ने र सरकार गठन पनि हुने विश्वास दिलाए।

‘पार्टी एकता पनि गर्छौँ, सरकार पनि बनाउँछौँ,’ ओलीले भने, ‘यो विषयमा ढुक्क हुन म आग्रह गर्छु।’

‘हामीलाई कसैले हात समातेर गुरुमन्त्र दिएको हो र?’ ओलीले भने, ‘पार्टी एकताको प्रयास हामी आफैँले थालेको हो।’

उनले एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिएपछि नेपालको कम्युनिष्ट आन्दोलन एकजुट भएको दाबी पनि गरे। यद्यपि उनले फुटाउन चाहनेहरुको उद्देश्य सफल हुन नदिन चनाखो रहनुपर्ने आवश्यकता पनि दर्शाए।

‘कोही माओवादीसँग मिलेपछि तपार्इंहरुको विश्वसनीयता समाप्त भयो भनेर एमालेलाई भन्छन्, तिनैले माओवादीलाई एमालेले त अब माओवादीलाई निल्ने भयो भन्छन्। एमालेले माओवादी र माओवादीले एमालेलाई निल्ने हो। निलेपछि दुईटै पहिलेको जस्तो रहँदैनन्।’

कार्यक्रममा एमाले नेता माधवकुमार नेपाल, माओवादी नेता नारायाणकाजी श्रेष्ठलगायतको उपस्थिति थियो।

ओलीले कम्युनिष्टहरु बहुमतमा रहँदा पनि विभाजनका कारण अरुले शासन गरेको स्थिति आफूहरुले देखेकाले आइन्दा त्यस्तो नहुने दाबी गरे।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद प्रस्ताव गरेको सन्दर्भतिर संकेत गर्दै ओलीले भने, ‘अहिले पनि केही मान्छेहरु गैँडाका जस्ता जीब्रा लिएर माया गरेको स्वाङ पारिरहेका छन्। हामी बुझ्छौँ गैँडाले चाट्यो भने छालामात्र होइन मासु पनि बाँकी रहँदैन।’

अध्यक्ष ओलीले कांग्रेसको आलोचना गर्दै दलविशेषको स्वार्थमा अध्यादेशको दुरुपयोग दुनियाँमा कहीँ पनि नहुने बताए। उनले राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएको दाबी गर्दै आफ्नो हैसियत बुझेर मात्र कुरा गर्न मन्त्रीहरुलाई चेतावनी पनि दिए।

‘हिजो सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर राष्ट्रपतिले यस्तो गर्नुपर्यो, उस्तो गर्नुपर्यो भन्नुभयो। कुस्तिको अखडामा पस्दा कुस्तीबाजले तिघ्रा ठटाउँछ। सरकारका प्रवक्ताको प्रेस मिट तिघ्रा ठटाएर सुरुभयो। म आफ्नो हैसियत, मर्यादा र ठेगान बुझेर कुरा गर्न मन्त्रीहरुलाइ आग्रह गर्छु।’

УПРАВЛЯТЬ ИНДЕКСИРОВАНИЕМсоздание продвижение и оптимизация сайтовpetersburgлидов рфcity on the dnieper riverиспания эмиграция