घोडाजात्राको अघिल्लो दिन एउटा गज्जबको फोटो हेर्न पाइयो। नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री लिँदै थिए। दिँदै थिए भारतीय राजदूतराजदूत मन्जीव सिंह पुरी। पुरीको हातमा घोडाको लगाम थियो। उनले त्यो लगाम प्रधान सेनापतिलाई बुझाउँदै थिए। सेनाले पठाएको विज्ञप्ति अनुसार यी घोडाघोडीहरु नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप दिएको हो। भारतीय सेनाले दिएको भनिए पनि त्यहाँ भारतीय सेनाका प्रतिनिधि हैन भारतीय राजदूत देखिए। नेपाली सेनाका पनि प्रधान सेनापति जस्तो शीर्ष व्यक्ति नै उपस्थित हुनु जरुरी थियो कि थिएन घोडा बुझ्ने कार्यक्रममा, शायद सरकारले मूल्याङ्कन गर्ला। धन्न कसो रक्षामन्त्री नै उपस्थित भएर बुझेनछन्। 

भरतपुरस्थित सैनिक ईक्वाइन बृडिङ सेन्टरका लागि विभिन्न जातका ७ वटा घोडाघोडीहरु भारतले गिफ्ट दिएको रहेछ।

सेनाको विज्ञप्ति अनुसार घोडाघोडी बुझेपछि प्रधान सेनापति राजेन्द्र क्षत्रीले भने-

यस प्रकारको सहयोगबाट नेपाली सेना र भारतीय सेनाको परापूर्वकालदेखि रही आएको सुमधुर सम्बन्धलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै, यस सहयोगले बृडिङ सेन्टरबाट उत्पादन भएका घोडाघोडीहरु नेपाल क्याभलरी, नेपालका मठमन्दिर र नेपाल प्रहरीलाई समेत उपलब्ध गराउने भएको हुँदा देशको आर्थिक व्यायभारमा समेत कमी आउने देखिएकोले भारतीय सेनाको यस कार्यबाट नेपाली सेनासँग अझ बढी सुमधुर सम्बन्ध कायम राख्न टेवा पु¥याउँदछ भन्दै भारत सरकार, भारतीय राजदुत तथा भारतीय सेनालाई हार्दिक धन्यवाद दिनु भएको छ।

हाम्रो नेपाली राजदूतले पनि भारतीय सेनाका प्रधान सेनापतिलाई यसरी नै केही गिफ्ट गर्दै गरेको देख्ने मौका आउला त? त्यसका लागि त भारतमा नेपाली राजदूत पनि हुनुपर्‍यो नि।

अनि अरु कुनै देशका राजदूतले यसरी अर्काको देशमा गएर प्रधान सेनापतिलाई गिफ्ट दिने अनि त्यो देशका प्रधान सेनापतिले बुझ्ने गरेको छ कि छैन होला हँ? तपाईँलाई थाहा छ?

лояльность потребителейобслуживание web сайтаkazan mosquephotosиндексации страницы поисковыми системамиплатье под высокие сапоги фото