तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा होस् या अहिले एमालेभित्र देखिएको विवाद नै किन नहोस्, कर्णाली प्रदेश अनेकौं   उत्तरचढावका बावजुत पनि सरकार टिकेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव विफल तुल्याउनका लागि एमालेकै खनाल–नेपाल पक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि एमालेभित्रको विवादमा कर्णाली प्रदेश अन्यत्र भन्दा उच्च बिन्दुमा पुगेको देखिन्थ्यो।

 

सर्वोच्च अदालतले कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदमाथि पार्टी अनुशासन उल्लंघनका नाममा भएको कारवाहीलाई अवैधानिक ठहर गर्दै अन्तरिम आदेश जारी गरेसँगै प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मरबहादुर थापाको सांसद पद पुनर्बहाली भएको छ । तर पार्टीभित्रको विवाद टुङ्गिएको छैन । पार्टीको ह्विप उलंघन गर्दै मुख्यमन्त्री शाहिको पद सुरक्षीत गरेका नेता थापाले पुन सोही सरकारलाई सहयोग गर्ने बताएका छन। यसै बिच अहिले कर्णालीमा माधवकुमार नेपाल समर्थकको बाहुल्यता रहेको छ। नेता अमर थापा पनि नेपाल समर्थक नै हुन ।उनले कर्णालीमा नेकपा एमाले सत्ता पक्षनै रहेको र मुख्यमन्त्री महेन्द्र बहादुर शाही कै नेतृत्वको सरकारलाई कर्णालीमा एमलेको समर्थन रहने स्पस्ट पारे।