१० असार ।  युट्युब लगायतका सामाजिक संजालमा जताततै भाइरल भएकी महिला सन्तोषी सुब्बाको हत्या  गरेकोअभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने लगभग  २१ वर्षीय सुरेश तिम्सिना रहेका छन् । बलात्कारको प्रयास गर्दा सुब्बाले प्रतिकार गरेपछि ती युवकले घाँटी थिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरिसके पश्चात्  शव कसैले नचिनोस  भनेर अनुहारमा नचिनिने गरि प्रहार गरेको पनि बताइएको । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको बलात्कार प्रयासलाई प्रतिकार गर्दा ज्यान  गुमाउन परेको बुझिएको छ।