एनआइसी एशिया बैंकले दुर्गम तथा ग्रामिण भेगमा समेत सेवा बिस्तार गर्ने उद्देश्य सहित बाजुरामा शाखा सञ्चालन गरेको छ। बैंकले यूकेएडको एक्सेस टू फाइनान्ससंगको सहकार्यमा यो शाखा सञ्चालनमा आएको हो।

नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बाजुरा शाखाको उदघटन गरेको हो। उनले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ्ग पहुँच अभिवृद्धि गराउँने सरकारको नीतिलाई एनआइसी एशिया बैंकको यो कार्यले थप सहयोग पुगेको बताए।

बैंकले सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा थप शाखा सञ्चालनगर्ने योजना अगाडि सारेको छ। एनआइसी एशिया बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ।

expense tracker appвыдачувидыникальногоострова индонезиирелевантность что это простыми словами