बरिष्ठ पशुचिकित्सक ः सेवा निवृत्त प्रमुख
भेटेरिनरी जनस्वास्थ कार्यालय त्रिपुरेश्वर
डा. केदार कार्की
रेविजका कारण विश्वस्तरमा प्रतिवर्ष लगभग २६०० देखि ५५००० मानिसहरुको मृत्यु हुने गर्दछ । यी मध्ये ९५ प्रतिशत भन्दा बढी मृत्यु एसिया र अफ्रिकामा हुन्छ । रेविज १५० भन्दा बढी देशहरुमा र अन्टार्टिका बाहेक सबै महाद्वीपहरुमा अवस्थित छ । ३ अरब भन्दा बढी मानिस विश्वका ति क्षेत्रमा बसोवास गर्छन जहाँ रेविज अवस्थित छ । युरोप र अष्ट्रेलियाको अधिकांश भागमा रेविज चमेरोमा मात्र अवस्थित हुन्छ । धेरै साना द्वीप राष्ट्रहरुमा रेविज छँदापनि छैन । रेविज (अलकं जलात) एउटा विषाणु जनित रोग हो जसको कारण ाकअत्यन्त कडा इन्सेफ्लाइटिस (मस्तिष्कको सोध) मानिसहरुमा एवं अन्य तातो रगतयुक्त जनावरमा हुने गर्दछ । प्रारम्भीक लक्षणहरुमा ज्वरो आउने र टोकेको ठाउँमा च¥याउने हुन सक्छ । यी लक्षणहरुको पछि एक वा अनेकौं लक्षण हुन सक्दछन् । हिंस्रक गतिविधि, अनियन्त्रित उत्तेजना, पानीदेखि डारउने, शरीरको अंगहरु चलाउन असमर्थता, भ्रम, बेहोश हुने लक्षण देखिएपछि रेविजको परिणाम लगभग सँधै मृत्यु हुन्छ । रोगको संक्रमण र लक्षण्हरुको शुरुवातको बीचको अवधि सामान्यतया एक देखि ३ महिना हुन्छ । तथापी यो समय अवधि एक हप्ताभन्दा कमदेखि लिएर एक वर्ष भन्दा बढीसम्ममा बदलिन सक्छ । यो समय अवधि त्यो दूरीमा निर्भर गर्दछ जनु विषाणुका लागि केन्द्रीय स्नायुतन्त्रसम्म पुग्नका लागि तय गर्नु आवश्यक हुन्छ ।
रेविज मान्छेमा अन्य जनावरहरुबाट संचारित हुन्छ जब कुनै संक्रमित जनावरले कुनै अन्य जनावर यो मानिसलाई कोतर्छ, चिथोर्छ वा टोक्छ त्यतिबेला रेविज संचारित हुनसक्छ । कुनै पनि संक्रमित जनावरको ¥यालबाट पनि रेविज संचारित हुन सक्छ यदि ¥याल कुनै अन्य जनावरको स्लेष्मा झिल्लीको सम्पर्कमा अउँछ । मानिसहरुमा रेविजको धेरैजसो घटनाहरु कुकुरहरुले टोक्नाले हुने गर्छ । ती देशहरुमा जहाँ कुकुरहरुमा प्रायजसो रेविज हुने गर्दछ । रेविजको ९९ प्रतिशत भन्दा बढी घटना कुकुरले टोक्नाले हुन्छ । अमेकिामा रेविज संक्रमणका सबैभन्दा सामान्य श्रोत चमेरोले टोक्नु मानिन्छ र ५ प्रतिशत भन्दा कम घटना कुकुरबाट हुन्छ । कृन्तक ९च्यमभलतक० धेरै कम नै रेजिजबाट संक्रमित हुन्छन् । रेविज भाइरस परिधिय तन्त्रीकाहरुको माध्यमबाट मस्तिष्कसम्म पुग्दछ । रोगको पहिचान केवल लक्षणहरु शुरुवात भएपछि मात्र गर्न सकिन्छ ।
पशु नियन्त्रण तथा टिकाकरण कार्यक्रमबाट दुनियाको कैयौं क्षेत्रहरुबाट कुकुरबाट रेविज हुने खतरा कम भएको छ जो मानिस उच्च जोखिममा हुन्छन् तिनीहरुलाई रोगको सम्पर्कमा आउनु भन्दा पहिले प्रतिरक्षित ९क्ष्mmगलष्शभ० गर्नको लागि सल्लाह दिइन्छ । उच्च जोखिम समूहमा ती मानिस शामिल छनु जो चमेरोसँग काम गर्दछन् या जो दुनियाको ती क्षेत्रहरुमा लामो समय विताउँछन जहाँ रेविज सामान्य हुन्छ । ती मानिसहरुमा जो रेविजको सम्पर्कमा आउँछन रेविजको खोप र कहिलेकाही रेविज इम्युनोग्लोविनले रोगबाट बचाउन प्रभावकारी रहेका छन् यदि रेविजको लक्षणहरुको आरम्भभन्दा पहिले व्यक्तिको उपचार गरियो भने ।
टोकेको ठाउँ र कोतरेको, चिथोरेको घाउलाई १५ मिनेटसम्म साबुन पानी, पोविडोन आयोडिन या डिटोलले धुनु पर्दछ किनकी यिनले विषाणु मार्न सक्तछन् । यसले पनि केहीहदसम्म रेविजको रोकथाममा प्रभावकारी हुन सक्छ । लक्षणहरु देखिएपछि विरलै मानिस बाँच्दछन् ।
रेविजको खोप एक प्रकारको खोप हो जुन रेविजको रोकथाममा उपयोग गरिन्छ । यो ठूलो मात्रामा उपलब्ध छन् जुन सुरक्षित एवं प्रभावकारी दुवै छन् । विषाणुको सम्पर्कमा आउनु भन्दा पहिला र सम्पर्क जस्तै कुकुर या चमेरोले टोकेपछि एक अविधिका लागि यिनको उपयोग गरिन्छ । तीन मात्रा पछि जुन प्रतिरोधक क्षमता विकसित हुन्छ त्यो लामो समयसम्म रहन्छ । यिनलाई सामान्य तथा छाला या मांशपेशीमा इन्जेक्सनद्वारा दिइन्छ । सम्पर्कमा आएपछि सामान्य तौरमा रेविज इम्युनोग्लोवुलिनसँग प्रयोग गरिन्छ । यो सिफारिस र सल्लाह दिइन्छ कि जो सम्पर्कमा आउने उच्च जोखिममा छन् उनीहरुलाई सम्पर्कमा आउनुभन्दा पहिले खोप लगाउनु बुद्धिमानी हुनेछ । मानिसहरु तथा अन्य जनावरहरुमा टिकाकरण प्रभावकारी छ । कुकुरहरुलाई प्रतिरक्षित गर्नु रोगलाई मानिसहरुमा लाग्न नदिनमा धेरै प्रभावकारी मानिन्छ ।
विश्वस्तरमा लाखौं मानिसहरुलाई खोप लगाइएको छ र यो अनुमान गरिएको छकि यसबाट एक वर्षमा २५०००० भन्दा बढी मानिसहरुको ज्यान बचेको छ । यिनको प्रयोग सुरक्षित रुपले सबै आयु समूहमा गर्न सकिन्छ । लगभग ३५ देखि ४५ प्रतिशत मनिसहरुमा संक्षिप्त अवधिसम्म सूई लगाएको ठाउँ रातो भई दुख्ने गर्न सक्छ । करिब ५ देखि १५ प्रतिशत मानिसलाई ज्वरो आउने, टाउको दुख्ने या बैचनी हुन सक्छ । रेविजको सम्पर्कमा आएपछि यसको उपयोगमा कुनै अन्तर विरोध छैन । धेरैज सो खोपमा त्जष्mभचयकय िशामिल हुदैन । केही देशहरुमा खासगरी एसिया र ल्याटिन अमेरिकामा तन्त्रीका तन्तुबाट बनेको खोप उपयोग हुन्थ्यो केही दशकसम्म तर यो क्रम प्रभावकारी र धेरै दुष्प्रभाव भएको हुन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनद्वारा यनिको प्रयोगको सिफारिस गरिएको छैन । हाल विश्वभरी प्रचलनमा रहेको रेविजको खोप टिस्युकल्चर प्रविधि प्रयोग गरी उत्पादन गरिन्छ जनु प्रभावकारी त छ नै न्यून दुष्प्रभाव भएका छन् साथै प्रयोग गर्न सहज पनि छ । भनिन्छ रेविज लागीसकेपछि उपचार सम्भव छैन तर बेलैमा खोप लगाए बचाउन, बाँच्न र रोक्न सकिन्छ ।