सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै सम्पर्कविहीन छन्।

हेलम्बु गाउँपालिकाले मेलम्चीमा आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र २३ जना अझै बेपत्ता भएको जनाएको छ ।

असार १ गते साँझ गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमालमुनिको भेमाथाङ चौरमा पहिरो गएपछि मेलम्चीम बाढी आएको थियो ।

शनिबार गाउँपालिकाले विज्ञप्ति जारी गर्दै २३ जना बेपत्ता भएको जनाएको छ । बेपत्ता हुनेमा चार महिला र १९ पुरुष छन् ।

गाउँपालिकाले पहिरो र बाढीको जोखिम नघटेको भन्दै सचेत रहन स्थानीयलाई आग्रह गरेको छ ।

मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण यस्तो छ