काठमाडौं । एक कुसल युवाले समय बदलिदाे जीवन लाई युवाका सपना कस्ता हुन्नछन भन्ने कुरा लाई मध्यनजर राखि तयार पारियकाे लेख ।   हरेक नदि सङ्ग आफ्नै किनारा हुन्छ,आफ्नै वेग हुन्छ,हरेक दिनसङ्ग आफ्नै बिहानी हुन्छ, आफ्नै साझ हुन्छ,हरेक ठाउसङ्ग आफ्नै रमणीयता हुन्छ,विशेसता हुन्छ।त्यस्तै मानिस त झनै चेतनशील प्राणी , उसका छुट्टै रहनसहन,विचार,सद्भाव ,सोच,अनेकौ सपनाका गुच्छा , अनि मनभरी समृद्धका अग्रागामी आकाङ्क्षा सङ्गठित भइरहेका हुन्छन।                                                                                       यसरी दैनिक रुपमा विकारल रुपमा विकासको ढोका खोलेर विश्वमा नै समृद्दीको विगुल बजिरहदा  आफुभित्रको स्फुर्तीलाई सन्नटा लगाएर बस्न त पक्कै पनि कोइ चाहदैन नि , झनै पछिल्लो युवा पुस्ता त अझै यस्बाट निकै हतोत्साहित छन, सन्चार माध्याम को आयाम सङ्गै दैनिकी आफ्नै दैलोबाट सन्सारभरका घटना,विकास,इतिहास र भविष्यको सुनौलो कल्पनालाइ निहालीरहदा उ भित्र सकरात्मक भइ जागिरहेको सिपाही आफैलाई प्रस्न सोध्न बाध्य हुन्छ’आखिर त किन ओझेल मा अझै ‘ उ आफै झस्किन्छ, तर्सिन्छ,र सोच्छ म मा के को कमि भयो र म पछाडी परे, यसमा कस्को जिम्मेवारी बढी,कतै म आफै मा त खोट छैन ।
                भुइभरी झरेका प्वाँख हरु देख्दा चरा हरु अझै छन झै लाग्छ,बगर भरी नदिले सताएर बनेका गोला ढुङ्गा देख्दा, देउता अझै छन झै लाग्छ,यसरी साना साना कुरामा पनि सन्सार देख्न सक्ने छेमता भएका युवा शक्ति जस्लाई सपना सङ्गै उड्न सिकाएन भने,रहरहरु सङ्गै रम्न सिकाएन भने,सकारात्मक बाटोको लामो पङ्ती लाई पहिलो पाइला बाटै शुरु गर्न लगाएन भने विकास र समृद्दीका ढोका कसरी खोलिन सक्लान त?

                 नेपालको पछिल्लो अवस्थालाई एकदमै नजिक बाट नियल्दा राजनितिक किचलो का कारण युवा वर्ग त्यस्को गहिरो मारमा परिरहेका छन। देश लाई विकासको उच्चतम विन्दुमा पुराउन, आधुनिक विश्वको भुगोल सङ्ग समसामयिक ढङ्गले प्रतिस्पर्धा गर्न र समग्र देशको परिस्थिति लाई अग्रपंक्तिमा पुराउन जोस जागरका साथ देशका लागि बलि चडाउन पनि तत्पर हुने युवा लाई नै किन बलि चढाइन्छ।
       दिनानुदिन बढिरहेको बेरोजगारी देशको बिग्रदै गएको राजनितिक खिचातानी अनि समग्र देशमा रहेका युवा बर्गमा मानसिक रुपमा देश प्रती गर्व गर्न लायक ठाउँ नरहनु ले देश प्रती सम्पुर्ण युवा वर्गको विदेश पलायन बाहेक अर्को विकल्प रहेको छैन । आखिर किन देशमा अधिकतम स्रोत,साधन अनि समृद्दीका ह्वाङ्गै रहेका विकासका चरण हरु मा कहिले बाट युवा वर्गले आफ्नो भनेर सुम्पन पाउने ।