अग्निज्वाला । नेपाली कांग्रेसका पाका नेता कृष्णसिंह परियारको निधन भएको छ । कांग्रेसका पहिलो जननिर्वाचित दलित सांसद परियारको शुक्रबार बिहान ७ बजे नेपालगञ्ज १२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

मधुमेह र उच्चरक्तचापले लामो समयदेखि थलिएका परियारको ६८ वर्षको उमेरका निधन भएको हो । उनको निधनमा बाँके जिल्ला कांग्रेसले श्रद्धाञ्जलि कार्यक्रम राखेको छ ।

उनको पार्थिक शरीर मध्यान्ह १२ देखि १ बजेसम्म कांग्रेस जिल्ला पार्टी कार्यालयमा राखिने जिल्ला सभापति किरण कोइरालाले जानकारी दिएका छन् ।