केभिन डि ब्रुएनेले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दा बेल्जियमले युरोकप २०२० मा लगातार दोश्रो जित हासिल गरेको छ । यो जितले बेल्जियमलाई समूहमा बाँकी रहेको एक खेल अगावै युरोकपको नकआउट चरणमा पुर्याएको छ ।

शुक्राबार राति डेनमार्कको पार्केन स्टेडियममा भएको समूह बी को खेलमा घरेलु टोलि डेनमार्कलमाथि बेलज्यिमले २–१ गोल अन्तरको पुनरागमन जित निकालेको हो ।

खेलको दोश्रो मिनटमा नै पिएरे इमाइल होजबर्गको शानदार पासलाई युसुफ पोल्सेनले गोलमा परिणत गर्दै डेनमार्कलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

पोल्सेनको यसै गोलको मद्दतमा डेनमार्कले बलियो बेल्जियममाथि पहिलो हाफमा १–० गोल अन्तरको अग्रता कायम गरेको थियो ।

यसपछि दोश्रो हाफ शुरु भएको नवौं अर्थात ५४औं मिनटमा डि ब्रुएनेको पाुमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई खेलमा १–१ गोलको बराबरी दिलाए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ७०औ मिनटमा इडेन हाजार्डको पासमा डि ब्रुएनेले गोल गर्दै बेल्जियमलाई २–१ गोल अन्तरको जित दिलाए ।

जितसँगै बेल्जियम समूह बी मा लगातार दोश्रो जित निकाल्दै ६ अंकका साथ शिर्ष स्थानमा छ । उसले पहिलो खेलमा रसियालाई ३–० गोल अन्तरले हराएको थियो ।

अर्काेतर्फ डेनमार्कको यो प्रतियोगितामा लगातार दोश्रो हार हो । डेनर्माक अंकविहिन रहँदै समूहको पुछारमा छ ।