काठमाडौं, चैत २ । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको बैठकले बैंकको नयाँ प्रमुख कार्यकारी (सीईओ) अधिकृत नियुक्त गरेको छ । बैंकले (सीईओ)मा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्मुम्न पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ करिअर शुरु गरेका थिए । सन् २०१० देखि सन् २०१६ सम्म मेगा बैंकमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

बैंकको स्थापना कार्यकालदेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ वैशाख मसान्तमा समाप्त हुन गएको हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ । पोखरेलको कार्यकाल २०७५ जेठ १ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।

bookрекламыособенности продвижения брендаpagerank страницыраскрутка сайтовкупить заброды