चैत २, दाङ । दाङमा आत्महत्याको दर डरलाग्दो गरि बढ्दै गएको छ ।

जिल्लामा विहीवार रातिसम्म एकैदिन तीन जनाले आत्महत्या गरेका छन् । कतिपय आत्महत्याको कारण भने सामान्य हुने गरेका छन् । सामान्य घरायसी विवादका कारण पनि आत्महत्या गर्ने क्रम बढ्दै जान थालेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा निवासी ३१ बर्षीया गोमा कँवरको विहीवार राति विषादी सेवनबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आफ्ना पति अर्कै केटीसंग लागेको भन्दै ३१ बर्षीया कँवरले विहीवार रातको ९: ४५ घरमै विषादी खाएको र उनको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन ।

त्यस्तै बिहीवार बेलुका साढे ६ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. परुवामा ४० बर्षीय बाबुराम चौधरी झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे ।
मदिरा सेवन पछि गाउँले केही व्यक्तिसंग सामान्य विवाद र झगडापछि उनी प्रहरी कहाँ जान्छु भनि गाउँवाट हिडेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी चौधरी गाउँवाट प्रहरीकोमा जान्छु भनि आएको भएपनि बाटोमै आत्महत्या गरेको भन्ने खुल्न आएको सापकोटाले बताए ।

त्यस्तै विहीवार रातको ९: ३० बजेतिर नै दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी ५४ बर्षीय सुन्दरलाल चौधरीले घरमै विषादी सेवनबाट मृत्यु भएको छ । प्रहरीका अनुसार चौधरीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

उनका छोरा लक्ष्मण चौधरीले दिएको जानकारी अनुसार गरिवीका कारणले बुवाले विषादी सेवन गरेको भन्ने खुल्न आएको ईप्रका तुलसीपुरले जानकारी दिएको छ । धेरै आत्महत्याका घटना सामाजिक र गरिवीका कारणले हुने गरेको प्रहरी बताउछ ।

दाङमा आत्महत्याको दर बढ्दै जान थालेको भन्दै सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन् । त्यस्को न्यूनिकरणको उपायहरु खोजि गर्न स्थानीय जनप्रतिनिधीले भूमिका खेल्नुपर्ने जानकारहरु बताउँछन् ।

सामाजिक कार्यमा अग्रसर भए आत्महत्या न्यूनिकरण हुन्छ – डा. शर्मा

राप्ती अञ्चल अस्पताल तुलसीपुरका डा. सर्वैस शर्माले एकान्तमा टोलाएर बस्नेहरुलाई सामाजिक कार्यमा सहमाहित गराउन सक्ने हो भने आत्महत्याको दरमा कमि आउन सक्ने बताउँछन् ।

मानसिक तनाव,डिप्रेसन, पारिवारीक झगडा, दिर्घरोगी, गरिवी, पछौटेपनका कारण आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको बताए । आफुलाई शान्त राख्ने, योगा गर्ने , शारिरीक अभ्यास गर्ने, एक्लोपनमा नवस्ने र सामाजिक कार्यमा घुलमिल हुन सकेको खण्डमा आत्महत्याका घटनामा न्यूनिकरण हुने बताए ।

उनले पछिल्लो समय तीव्र प्रतिपर्धा र छिट्टै आर्जनगर्ने अनावश्यक होडवाजीले गर्दापनि कतिपय मानिसहरु मृत्युको मुखमा पुगेको बताए ।

दाङमा सामाजिक लोकलाज, गरिवीका कारण धेरै आत्महत्याको घटना भएको भन्दै उनले किसानले मेहनत अनुसारको आर्जन गर्न नसक्नु मुनाफा नहुनु, बढ्दो बैदेशिक रोजगार जस्ता कुराहरुले समेत आत्महत्याको दर बढेको बताए । आत्महत्या न्यूनिकरण गर्न अब जनप्रतिनिधिले भूमिका निर्वाह गर्न सक्ने, गाउँ र समाजमा भूमिका खेल्नुपर्ने तथा सबैभन्दा ठूलो भूमिका मिडियाले खेल्न सक्नुपर्ने उनको तर्क छ ।

морские перевозки из китаясайтасайтгде онлайнкупить круиз по средиземному морюсовременный брендинг