२०७४ चैत २ गते  – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसेको बेलामा छापा मारेको छ ।

ब्युरोले बैंकका ४० भन्दा बढी उच्च अधिकृतलाइ पक्राउ गरेको छ । केही समयअघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिआइबीले बैंकका ऋण अधिकृतसहितका अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोले मर्ज भएका बैंकहरुका अधिकारीमार्फत करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि शुक्रबार बोर्ड बैठकमै छापा मारेको हो । ब्युरोका एसएसपी घनश्याम अर्यालका अनुसार बैंकमा ब्युरोका अधिकारीले अनुसन्धान गरिरहेको मात्र बताए । केही समयमा विस्तृत विवरण ब्युरोले सार्वजनिक गर्दैछ, उनले भने ।преимуществаwww.gornakov.comморской круиз этокак продвинуть сайт в поискенос растет всю жизньФокин С прокурор