कटवालले आफै प्रधानसेनापति हुँ भनेका थिए भने खड्काले सरकारको पत्र पाएपछि आफू प्रधानसेनापति हुनुपर्ने भनेका थिए।

केपी ओली प्रधानमन्त्री हुँदा भने दुई जना प्रधानन्यायाधीश हेर्न पाइयो। एउटा प्रधानन्यायाधीशलाई बर्खास्त गर्ने काम भने अरुले हैन, प्रधानन्यायाधीश नै अध्यक्ष रहेको न्याय परिषद्का सचिवले गरिदिए।

सचिव नृपध्वज निरौलाले साउन २१ गते नै ६५ वर्षको उमेर पुगिसकेकोले पदमा नरहनुभएको जानकारीसहितको पत्र लेखे। यो नै उनको बर्खास्तगी पत्र हुनपुग्यो। पराजुलीले कहिले सोचेका पनि थिएनन् होला आफूले कर्नरमा पार्दै आएका निरौलाले यसरी आफ्नै बर्खास्तगीको सूचना दिन्छन् होला भनेर। 

बुधबार राति बीबीसीसित कुरा गर्दै पराजुलीले सचिवलाई यस्तो अधिकार नभएको दावी गरे। उनले आफैले पेशी तोक्ने पनि बताए।

आज बिहानसम्म पनि ऋषि धमलासितको कुराकानीमा उनले त्यस्तै भने। अर्थात् गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश नै रहिरहेको दावी गरे।

उता प्रधानन्यायाधीश खाली हुँदा कार्यवाहक प्रधानन्यायाधीशको रुपमा वरिष्ठतम न्यायाधीशले कार्यभार सम्हाल्ने गर्छ। यो लाइनमा अहिले दीपकराज जोशी छन्। उनले आफैले पेशी तोक्ने कुरा मिडियामा बताए।

यो हिसाबले देशमा दुई जना प्रधानन्यायाधीश देखिए।

आज बिहानसम्म पनि अन्यौलै थियो– प्रधानन्यायाधीशका हैसियतले पेशी कसले तोक्छन्? पराजुलीले कि जोशीले?

अन्ततः बिहान साढे नौ बज्नुअघि पेशीको सूची सर्वोच्चको वेबसाइटमा प्रकाशित भयो, जुन जोशीले तोकेका थिए। यो सँगै सर्वोच्च अदालतको वेबसाइटको होमपेजमा पनि कार्यवाहक प्रधानन्यायाधीशको रुपमा दीपकराज जोशीको नाम राखियो।

तर सर्वोच्चकै वेबसाइटको न्यायाधीशहरुको पेजमा भने प्रधान न्यायाधीशका रुपमा गोपाल पराजुलीकै नाम थियो।
सर्वोच्चकै वेबसाइटमा दुई जना प्रधानन्यायाधीश हेर्न पाइएको यो दुर्लभ दृश्य हेर्ने सुनौलो अवसर हामीले पायौँ। 

यो दुर्लभ अवसरलाई आर्काइभ गरेर राखियो-
दीपकराज जोशी कावा प्रधानन्यायाधीश भएको
गोपाल पराजुली प्रधानन्यायाधीश भएको

начинающем копирайтеруvk восстановить страницуde rechercheбольшиеобувь туфли мужскиекерамическая сковорода москва купить