२०७४ चैत १ गते  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाएको हो ।माओवादीका तर्फवाट वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने तय भएको स्रोतको दाबी छ । कञ्चनपुरबाट चुनाव जितेकी विना पहिलो पटक मन्त्री बन्न लागेकी हुन् । उनी स्व.प्रकाश दाहालकी पत्नी र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।

देवेन्द्र पौडेल र चन्द्रप्रकाश खनाल बलदेबको पनि मन्त्री बन्ने चर्चा छ । यसअघि रामबहादुर थापा र मातृका यादव माओवादीको तर्फबाट मन्त्री बनिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी, संघीय समाजवादी फोरम र एमालेका मन्त्रीहरुलाई सहभागि गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।moscou hôtelяндексnewsonline24lbhtrnкупить посуду в магазине спбвиза в оаэ