। नेकपा एमालेको माधवकुमार नेपाल पक्षकाे समर्थकका रूपमा चिनिने नेता गणेश पहाडी केपी ओली नेतृत्वकाे सरकारका मन्त्री बन्ने भएका छन् । यस अवस्थामा नेकपा एमालेमा विबाद चरम उत्कर्षमा पुगेका बेला  सिन्धुलीका पहाडीलाई सेमेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरिनुले कतिपयले उपहारका रूपमा पाएकाे मन्त्रि पदकाे रूपमा लिएका छन् ।पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी  भएकाे एक स्राेबाट जानकारी  प्राप्त भएकाे छ

नेता पहाडी केही हप्ता  पहिले मात्रै माधव पक्ष छाडेर ओली पक्षमा लागेका हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुलीकाे १  नम्बरक्षेत्र  बाट निर्वाचित  भएका थिए ।