कोरोना भाइरस रोग अर्थात कोभिड–१९ महामारीका कारण धेरै क्षेत्रहरुको आर्थिक विकास नराम्रोसँग प्रभावित भएको छ । यसको कुप्रभावबाट महत्वपूर्ण क्षेत्र पशुपालन पनि अछुतो रहन सकेन । हाम्रो करीब ७०% जनसंख्या कृषि एवं पशुपालनमा निर्भर छन् । नेपलाको सकल घरेलु उत्पादनमा पशुपालनको योगदान ४.११ प्र.स. छ र ८.८% रोजगारी दिन्छ । यस बाहेक पशुपालन क्षेत्रले पौष्टिक आहार तथा खाद्यय उत्पादनहरु जस्तै दुध फूल, मासु, पनीर, चिज, स्कीम मिल्क पाउड आदि उपलब्ध गराउँदछ । तर कोभिड–१९ महामारीले गर्दा पशु्पालन क्षेत्र नराम्रोसित प्रभावित भएको छ ।

कोभिड–१९ महामारी एवं लकडाउनका कारण पशुपालनक्षेत्रमा कुप्रभाव ःदुध, मासु, फूल उत्पादनहरुको खपत एवम विक्रिमा कमी
कोभिड–१९ को वैश्वीक महामारीका कारण लकडाउन अवधिमा रेस्टुरेन्ट, होटल, चिया पसल आदि बन्द गरियो । जसका कारण दुग्घजन्य उत्पादनहरु, खुवा, पनीर, आइसक्रिम, चीज आदिको विक्रि एवं खपत कम भयो । कोभिड–१९ वैश्वीक महामारीको फलस्वरुप आइसक्रिम खपतमा ६०–७०% कमी भयो । डेरी क्षेत्रमा ३०% कमी लकडाउनको शुरुवातमा देखियो । यसको कारण यो पनि छकि कोभिड–१९ वैश्वीक महामारीको बेला लकडाउन हुनाले धेरै मानिस भय एवं समुदायको आमदानी पनि धेरै कम भयो । जसका कराण समुदायको क्रयशक्ति घटेर गयो । बजार बन्द हुनाको कारण दुधालु पशुहरुको दुध विक्रिमा कमी हुनुका साथै पशुपालकले दुध कम मूल्यमा बेच्नु प¥यो । जसका कारण पशुपालकलाई दोहोरो नोक्सानी व्यहोर्नु प¥यो । डेरी क्षेत्रमा अन्य क्षेत्रहरु जस्तै पशुजन्य उत्पादनहरु ग्राहक सप्लाई चेनद्वारा पु¥याइन्छ । परन्तु कोभिड–१९ को कारण लकडाउनको बेला सप्लाई चेन टुट्न पुग्यो जसका कारण दुध एवम् मासु, फूल उत्पादनहरुको खपत एवं विक्रि नहुनाको कारण उत्पादनकर्ताको थलोमा विग्रेर गयो । फलस्वरुप दुध, मासु, फूल उत्पादनहरुको उत्पादनकर्ताले आर्थिक क्षतीको सामना गर्नुप¥यो ।

मासु एवम् मासु उत्पादनको विक्रिमा नोक्सान ः
दुधजन्य उत्पादनहरु बाहेक चिकेन, मटन, चेभोन, पोर्क एवम् अन्य मासुजन्य उत्पादनहरुको विक्रि एवम् खपत होटल, रेस्टुरेन्ट एवम् अन्य मासु पसल बन्द हुनाले अत्याधिक प्रभावित भयो । यस बाहेक सामाजिक संजाल एवं सञ्चार माध्यमहरुको यो अफवाह फैलियो कि कोभिड–१९ भाइरसको संक्रमण चिकेन, मिट खानाले हुन्छ जसको फलस्वरुप कुखुरापालन व्यवसायमा संलग्न किसानहरुलाई अत्याधिक आर्थिक क्षतिको सामना गर्नुप¥यो ।
पशु आहारमा कमी
कोभिड–१९ महामारीले गर्दा लकडाउनको बेला पशु आहार बनाउने कारखानाहरुमा मजदुरको कमी सामाजिक दूरी बनाएर राख्नु, कच्चा मालको उपलब्धतामा कमी आदिको कारण पशु आकारको उत्पादन पनि कमी भयो । पशु आहार एवम् हरियो घाँसको अनुपलब्धताले पशुहरुको दुध उत्पादन, प्रजनन् क्षमता एवं कार्यक्षमतामा नराम्रो प्रभाव प¥यो । जसको फलस्वरुप अन्ततोगत्वा पशुपालकलाई आर्थिक नोक्सानी उठाउन प¥यो ।
बेरोजगारी ः
कोभिड–१९ वैश्वीक महामारीबेला पशुपालन क्षेत्रसँग जोडिएका मानिसहरु बेरोजगार हुन प¥यो किनकी यस क्षैत्रको आपूर्ति श्रृङ्खला, प्रशोधन प्लान्ट, बधशाला, दुध सहकारी, डेरीप्लान्ट, मिटप्लान्ट आदिमा धेरै मानिस काम गरिराखेका थिए । तर कोभिड–१९ महामारीका कारण पशुपालन क्षेत्रसँग सम्बन्धित व्यवसाय बन्द हुनाको कारण यसमा काम गर्ने कामदार बेरोजगार हुन पुगे ।

कोभिड–१९ को संकटको बेला पशुचिकित्सकहरुको भूमिका ः
कोभिड–१९ महामारीको कारण पशुपालन क्षेत्रसँग सम्बन्धित व्यवसायमा आएको कमीलाई पशु चिकित्सक समुचित पशुचिकित्सा उपलब्ध गराएर निराकरण गर्न सक्दछन् । डेरी व्यवसायसँग आवद्ध पशुचिकित्सक दुधारु पशुहरुको दुध उत्पादनमा आएको कमीलाई आहार, समुचित चिकित्सा उपलब्ध गराएर दुध उत्पादन बढाउन सकिन्छ । पशुचिकित्सक पशुआहारको कमीलार्य निराकण गर्नका लागि पशुपालकहरुलाई साइलेज, … एवम् सन्तुलित आहार बनाउने एवम् तिनको संरक्षणको बारेमा प्रशिक्षित गर्न सक्दछन् । यस बाहेक पशु आहार निम्ति एजोला एवम् हाइड्रोपोनिकसको उत्पादनका लागि पशुपालकहरुलाई प्ररित पशु चिकित्सकले नै गर्न सक्दछन् । पशु चिकित्सक बाख्रापालनसँग जोडिएका कृषकहरुलाई वा यस व्यवसाय शुरु गर्न इच्छुक कृषकहरुलार्य बैंक वा पशुपालन विभागबाट आर्थिक सहायता दिलाउन मद्दतगार सावित हुने छन् । बाख्रालाई गरिबको गाई एवम् ए.टी.एम. भनिएको छ किनकी बाख्रा पालन गरिब सिमान्तकृत कृषकले पनि कम लागतमा शुरु गर्न सक्छन् एवम् जब आर्थिक जरुरत पर्छ बेचेर आर्थिक लाभ कमाउन सक्छन् । कोभिड–१९ को बेला कृत्रिम गर्भाधानमा आउको कमीलाई यस क्षेत्रसँग जोडिएका पशुचिकित्सकले पालकको घरदैलोमा गएर गाइ भैंसीलार्य उन्नत नश्लको बीर्य प्रयोग गरी गर्भाधान गराएर समयानुसार पशुपालकलाई पाडा÷पाडी, बाच्छा÷बाच्छी पाउने सुनिश्चितता गराउन सक्नेछन् ।
हाम्रो देशमा गाईको संख्याको झण्डै ८० प्रतिशत काठे गाईको संख्या छ । यी गाईहरुमा अत्याधिक तामक्रम सहने क्षमता, किर्नाको संक्रमण प्रति प्रतिरोधात्मक क्षमताको विकास हुनु एवम् दुधको गुणस्तर विदेशी नश्ल भन्दा अपेक्षाकृत बढी छ । यी सबै गुणहरुका कारण यीनको विशिष्ट महत्व छ । गाई मिसनद्वारा किसानले कम लागत खर्चमा स्थानीय गाई पालेर आर्थिक लाभ पाउन सक्दछन् एवम् किसान आफैं आत्मनिर्भर हुन सक्दछन् । यसका लागि पशुचिकित्सकको सहभागिता महत्वपूर्ण हुनेछ ।

दुध एउटा सन्तुलित आहार मानिन्छ एवम् मान्छेको रोग प्रतिरोधात्मक क्षमता बनाइ राख्न एवम् स्वस्थ्य राख्नमा दुधको महत्वपूर्ण भूमिका रहन्छ । दुधालु पशुलाई उचित मात्रामा दुध उत्पादन गर्नका लागि एवम् दुध उत्पादन क्षमता स्थीर राख्नमा पशुचिकित्सकले मह्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जसलेगर्दा नजसमुदायलाई पर्याप्तमात्रामा दुध उलब्ध होस् । यस बाहेक कोभिड–१९ महामारीको समस्या स्वास्थ्य रहन एवम् इम्युन क्षमता बलियो बनाइराख्न मासु, चिकेन, मटन, पोर्क आदिलाई मांशाहारी जनसमुदाय भोजनमा समोल गरी आफूलाई तन्दुरुस्त राख्न सक्दछन् । यसका लागि कुखुरा पालन , बाख्रापालन, भेंडा पालन, सुंगुर पालन आदि प्रति समुदायलाई जागरुक गर्नका लागि पशुचिकित्सकको मुख्य भूमिका हुनेछ । यी व्यवसाय गर्न इच्छुक समुदायलाई पशुपालन विभाग, बैंक वित्तिय संस्था, गैह्र सरकारी संस्थाबाट आर्थिक सहायता, अनुदान दिलाउन पशुचिकित्सक सहयोगी सिद्ध हुनसक्छन् । पशुचिकित्सक सहकारी एवम् अन्य गैरसरकारी संस्थाहरु तथा पशुपालक बीच एउटा सहजकर्ताको रुपमा काम गर्न सक्छन् । किसानहरुलाई कोभिड–१९ महामारीको बेला एवम् पछि डेरी व्यवसायलाई प्रोत्साहन गर्नका लागि गाई–भैंसी पालन, मासु उत्पादन बढाउनका लागि कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन आदिका लागि उचित दरमा ऋण दिलाउन पशुचिकित्सकले मद्दत गर्न सक्दछन् । यसो गर्नाले मानिसहरु आयमा भएको कमीलाई बढाउन सकिन्छ साथसाथै धेरै मानिसलाई रोजगारी पनि प्राप्त हुनेछ एवम् पोषणयुक्त आहारको उपलब्धता सुनिश्चितता हुनेछ ।

पशु चिकित्सा महाविद्यालय अनुसन्धान निकाय एवम् प्रयोगशालाहरुले रियल टाइप पि.सि.आर. द्वारा आफ्नो प्रयोगशालामा ठूलो संख्यामा मानिसहरुको नमूना गरी कोभिड–१९ लाई नियन्त्रण गर्नमा महत्वपूर्ण भूमिका निभाएर एक स्वास्थ्य एक देशको अवधाराणालाई सार्थक गर्न सक्छन् ।
कोभिड–१९ गाइडलाइन निर्देशिका जस्तो सामाजिक दूरी बनाइराख्ने, मास्क लगाउने, हात धुने, सेनेटाइजरको उयोग गर्ने आदिको पालना गर्ने गराउने, सुनिश्चित गर्ने एवमु् सचेतना जनसमुदायमा फैलाउनमा पशुचिकित्सकको भूमिका महत्वपूर्ण हुनेछ किनकी पशुचिकित्सक किसानहरुको दैनिक एवम् नियमित आयको साधन (पशुपालन) सँग सिधा जोडिएको हुन्छ । जसले गर्दा पशु चिकित्साकर्मीले सम्झाउँदा किसान कोभिड–१९ को स्वास्थ्य निर्देशिका सजिलै पालना गर्नेछन् जसबाट कोभिड–१९ भाइरसको संक्रमण कम हुनेछ ।

यसरी कोभिड–१९ वैश्वीक महामारी एवम यसका कारण लकडाउनको फलस्वरुप समुदायको आयमा आएको कमी कोभिड–१९ का कारण बेरोजगार भएका समुदायलाइ रोजगारी दिलाउन अनि कोभिड–१९ को दोस्रो लहरबाट बचाउनका लागि इम्युन क्षमता कोभिड–१९ को बेला बनाइराख्नुका साथ साथै कोभिड–१९ स्वास्थ्य निर्देशिका किसान बीच पालना गर्र्ने सुनिश्चित गर्नमा पशु चिकित्सकहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।