नेपालसँग एकता नहुने देखेपछि बादलले एमालेमा रडाको मच्चाउन भएको छन ।पुर्व माओवादी समुहको गोप्यरुपमा बसेको बैठकमा बादलले सातै मन्त्रीमा अडान कायमै राख्ने योजना बनाएको उच्च श्रोतले बताएको छ । ओलिलाइ घेराबन्दी गर्ने र नभए अर्को पार्टी खोल्ने रणनीति बनाएको बुझिएको छ ।

पछिल्लो समय नेकपा (एमाले)मा देखिएको विवाद अब नमिल्ने सम्भावना बढेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले केही दिन माधव नेपाल समूह फेरि मिल्न आउन सक्ने भन्दै यसअघि जनता समाजवादी पार्टीका ठाकुर–महतो पक्षलाई समावेश गरेर मन्त्रिपरिषद् गठन गर्दा सात मन्त्रालय आफैंसँग राखेका थिए । उनले यी मन्त्रालयहरु नेपाल पक्ष र माओवादीबाट एमालेमा आएको समूहलाई समावेश गर्नका लागि आफूसँग राखेका थिए ।

गत शुक्रबार मन्त्रिपरिषद् गठन गरिसकेपछि प्रधानमन्त्री ओलीले पार्टी एकता आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अगाडि सारेका थिए ।

तर, माधव नेपाल समूहले यो ६ बुँदे प्रस्तावलाई ओलीको जालझेलको संज्ञा दिएको छ ।

मंगलबार मात्र ओली र नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुले ललितपुरको एक होटलमा छलफल पनि गरेका थिए । तर, यो छलफलमा पनि नेपाल पक्ष सरकारमा समावेश हुने वा ओलीसँग मिल्ने सम्भावना देखिएन । ‘दुवै पक्ष आआफ्नो अडानमा हुँदा छलफल भयो तर सकारात्मक चाहिँ भएन,’ छलफलमा सहभागी एक नेताले बताए ।

योसँगै माधव नेपाल पक्षसँग एकताको सम्भावना अब नरहेको प्रधानमन्त्री ओलीले ठहर गरेका छन् । अनि मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्यमा उनी जुटेका छन् ।

तर, मन्त्रिपरिषद् विस्तारका लागि पनि प्रधानमन्त्री ओलीलाई यसपटक सहज भने छैन । तत्कालीन माओवादी केन्द्रबाट एमालेमा आएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल समूहले बाँकी सातै मन्त्री पद आफूहरुले पाउनु पर्ने अडान राखेको छ ।

यता, एमालेमा नै पनि ओली पक्षका नेताहरुमा मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । अहिले सबैभन्दा बढी चर्चामा छ, गृहमन्त्री । गृहमन्त्रीमा प्रधानमन्त्री ओलीले कास्कीका नेता खगराज अधिकारी ल्याउने सम्भावना बढी छ ।

बालुवाटार निकट स्रोतका अनुसार गृहमा अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ रहेको छ । त्यस्तै, गृहमा प्रधानमन्त्री ओलीले कर्ण थापालाई मन्त्री बनाउने सम्भावना छ ।