संयोग कि इबी : प्रधानन्यायाधीशलाई अवकाश दिने पत्र लेख्ने निरौला र पराजुलीबीचको अप्ठेरो सम्बन्ध
काठमाडौँ : ‘मैले त सरुवामात्र गरेको हुँ। उनीहरुले त मेरो करिअर नै सक्ने प्रयत्न गरेका थिए। यसमा के को अन्याय?

सर्वोच्चका रजिस्ट्रार रहेका नृपध्वज निरौलालाई बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगमा सरुवा गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले निरौलामाथि टिप्पणी सुनाएका थिए। आफ्नो समूहभन्दा फरक समूहमा वरिष्ठ कर्मचारीलाई किन सरुवा गरियो भन्ने कर्मचारीको गुनासोमा निरौलामाथिको आक्रोशलाई पराजुलीले यसरी पोखेका थिए।

एउटा कर्मचारीमाथि न्यायाधीशको किन यस्तो टिप्पणी? पराजुलीको टिप्पणीमाथि जोडिन्छ –विकास गिरी प्रकरण। 

सुशीला कार्की प्रधानन्यायाधीशबाट अवकाश पाउनुभन्दा एक साताअघि सर्वोच्चमा एउटा रिट दर्ता भयो। रिटका निवेदक थिए –अधिवक्ता विकास गिरी। विपक्षीमा थिए सुशीलापछिका वेटिङ चिफ जस्टिस –गोपाल पराजुली। 

भावी प्रधानन्यायाधीशको रिट दर्ता गर्ने अदालतका प्रशासन प्रमुख (रजिष्ट्रार) थिए हालका न्याय परिषदका सचिव निरौला। 

गत जेठको यो प्रकरणमा पनि पराजुलीको उमेर विवाद उत्कर्षमा थियो।

प्रधानन्यायाधीश कार्की पराजुलीको सुरुको नागरिकता अनुसार मिति कायम गर्न चाहन्थिन्। अर्थात् २००९ साउन २१। 

पराजुली चाहन्थे प्रतिलिपि नागरिकताको मिति – २०१० वैशाख १६। 

यसमा जोडिएको थियो प्रधान न्यायाधीश पदमा बहाल रहने अवधि।

प्रधानन्यायाधीश र भावी प्रधानन्यायाधीशको विवादबीच दर्ता भएको थियो, गिरीको मुद्दा। मुख्य मागदावी थियो –मूल नागरिकता अनुसार मिति कायम होस्, प्रतिलिपि नागरिकता कीर्ते हो। 

कतिपयले तत्कालीन प्रधानन्यायाधीशको निर्देशनमै रजिस्ट्रारले मुद्दा दर्ता गरेको अनुमान लगाए। यही अनुमान निरौलाका लागि भने करिअरमै भारी पर्‍यो। प्रधानन्यायाधीश पराजुलीबाट सधैं उनी कर्नरमै परिरहे। न्यायालयभित्र इमानमै टिकेका कर्मचारीमा गनिन्छन् निरौला। 

यति गम्भीर मुद्दा कार्कीको अवकाशको ७ दिनअघि दर्ता भएको थियो। तर, निवेदक गिरी कार्कीको कार्यकालभर बेपत्ता भए। कार्कीको अवकाशपछि उनले मुद्दा फिर्ताकै लागि पूरक निवेदन दिए। 

मुद्दा फिर्ता भयो। 

पराजुलीले आफू अनुकूलको निर्णय न्याय परिषदबाट गराए। र, बने २०७५ वैशाख १६ गतेसम्म बहाल रहने प्रधानन्यायाधीश। नत्र उनले २०७४ साउन २१ मै अवकाश पाउँथे।

०००००

प्रधानन्यायाधीश बनेपछि पराजुलीले तत्कालीन न्याय परिषदका सचिव नहकुल सुवेदीलाई सर्वोच्चमा ल्याए। मुख्य रजिस्ट्रार बनाए। हाल उनी उच्च अदालतका मुख्य न्यायाधीश भइसकेका छन्। 

सर्वोच्चका रजिस्ट्रार रहेका निरौलालाई बेपत्ता आयोगमा पुर्‍याइयो। आफ्नो सेवा बाहिरको कार्यालयमा पुग्ने पहिलो पात्र थिए निरौला। 

निरौला प्रकरणमा केही सिनियर कर्मचारीले सेवा समूह बिगारेको भन्दै असन्तुष्टि जनाए। सोही असन्तुष्टिमा विकास गिरीको मुद्दा दर्ता प्रकरण जोड्दै पराजुलीले भनेका थिए – ‘मैले त सरुवा न गरेको हुँ। जागिर नै खाइदिएको हो र।’

००००

नहकुल सुवेदी उच्च अदालतमा मुख्य न्यायाधीश बनेपछि सर्वोच्चका मुख्य रजिस्ट्रार पद रिक्त भयो। सचिवलाई पदोन्नति गरिने उक्त पदमा स्वभाविक दावेदार थिए निरौला नै। 

अदालतको आफ्नो समूहको वरिष्ठ कर्मचारी थिए –निरौला। सरकारी वकिलमा दुर्गाबन्धु पौडेल र कानुनमा कमलशाली घिमिरे। 

कर्मचारीको दबाब थियो –समूह बाहिरबाट मुख्य रजिस्ट्रार नबनाउन। तर, पराजुलीले दबाब त मानेनन् नै, कर्मचारीको वरिष्ठता पनि कायम गरेनन्। 

सबैको अनुमान असफल पार्दै मुख्य रजिस्ट्रार भए –न्याय परिषद्का तत्कालीन सचिव राजन भट्टराई।

भट्टराई परिषद् सचिव भएसँगै न्याय परिषद सचिवविहीन भयो। भट्टराईलाई मुख्य रजिस्ट्रार बनाउने दिन नै सरकारी वकिल समूहका कृष्णजीवी घिमिरे सचिवमा बढुवा भए। उनको पदस्थापन भयो –बेपत्ता आयोगमा। बेपत्तामा पुर्‍यायाइएका निरौला पुगे न्यायपरिषद्।

१७ माघमा मात्रै परिषद्मा पुगेका निरौलाले नै बुधबार प्रधानन्यायाधीशलाई अवकाशको पत्र थमाइदिए। आफ्नै हस्ताक्षरसहितको यो पत्रमा उनले लेखे, ‘सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँदछु।’

पराजुलीले निरौलालाई पछिल्ला केही समय सुशीला कार्की निकट कर्मचारीकै रुपमा व्यवहार गरे। ‘संयोग वा इवी’ निर्णयकर्ता नै जानुन्, निरौलाले पनि कार्कीले नै कायम गरेको जन्ममितिका आधारमा पराजुलीलाई अवकाश दिए। 

интернет учетkharkovпоздравленияпсориаз лечениеаэропорт пунта канаapp to keep track of finances