निर्वाचन आयोगले ठाकुर पक्षसंग केन्द्रीय पदाधिकारीको हस्ताक्षर मागेको छ। बहुमत जुटाउन महन्थ ठाकुरले एक साता थप समय मागेका छन ।
जसपा ठाकुर पक्षसंग बहुमत नभएको उपेन्द्र यादव पक्षको दाबी गरेको छ । गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । निर्वाचन आयोगलाई दिएको पत्रमा बहुमत सदस्यले हस्ताक्षर गरेका छन ।
त्यसै दिन अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए । ठाकुरले दिएको पत्रमा बहुमतले हस्ताक्षर बुझाएका छैनन् ।
आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षरको माग गरेको छ ।
ठाकुरसँग बहुमत नभएकोले बहुमत जुटाउन सरकारको दुरुपयोग गरि आर्थिक चलखेल गरेको उपेन्द्र यादव पक्षले आरोप लगाएको छ।