नेपाल राजनीतिमा प्रत्येक १० बर्षको अन्तरालमा ठूलो राजनीति उथलपुथल  र हत्याकाण्ड हुने गरेको इतिहास रहेको छ।राजपरिवार हत्याकाण्ड देखि मदन भण्डारी प्रकरणसम्मको घटना कसले घटायो अहिलेसम्म अत्तोपत्तो छैन । नेपालि राजनीतिमा चर्चाको नाम कमाएका नेता मदन भण्डारीको आज भन्दा २८ बर्ष अघि ३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा निधन भएको थियो ।यस घटनामा पार्टीका संगठन बिभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो । मदन–आश्रित बितेको यी २८ वर्ष उनीहरुको परिवारले मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति भएको छ । प्रचण्डले भन्ने गरेका छन उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको जनयुद्ध र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना हुन्थेनन् ।

पार्टी महासचिव (मदन भण्डारी) र संगठन विभाग प्रमुख पोखरा हुँदै चितवन जाने कार्यक्रम पहिल्यै तय भएको थियो । यो कुरा विद्या भण्डारी र केपी ओलिले थाहा पाउनु भएको थियोे । उहाँहरु पनि पार्टीको केन्द्रिय जिम्मेवारीमा हुनुहुन्थ्यो । नेतहरुको निधन पछि विपक्षी नेपाली कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहले पनि दुख व्यक्त गरेका थिए । त्यसबेला तत्कालीन मदन भण्डारीको पार्टीले हत्याको संका विपक्षी र अन्तर्राष्ट्रिय डिजाइन भनेका थिए ।पार्टीले भनेको थियो यो हत्याकाण्ड हामी पत्ता लगाउने छौ। र कारबाही गर्नेछौ। त्यसपछि मदन भण्डारीको जबजको नाममा एमालेले धेरै चुनावमा जितेको र चुनावी नारा बनाएको सबैलाई थाहा नै छ। मदन भण्डारीकै नाममा चुनावी नारा लगाएर एमालेले रास्ट्रपति र प्रधानमन्त्री पद पाउन सफल भएको छ। रास्ट्रपतिमा मदन भण्डारी कै श्रीमती र प्रधानमन्त्रीमा पार्टी कै नेता ओलि हुँदा मदन भण्डारी प्रकरण (दासढुंगा प्रकरण) छानबिन र हत्यारा पत्ता लगाउन पहल नहुनुले रास्ट्रपति र प्रधानमन्त्रीको भुमिका माथी आम जनता र सुभचिन्तक नेताकार्यकर्ताले संका व्यक्त गरेका छन । कृपाय यहाँहरुको कार्यकालमा दासढुंगा प्रकरणको छानविन र सत्यतथ्य सार्वजनिक होस्। यस्ता घटनाको सत्यतथ्य छानबिन नभए अरु यस्तै घटना भैरहने छन ।