प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै, काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।

एमालेभित्रको विवादकै कारण मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् । पछि एमालेकै सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । एमालेका २५ सांसद छन् । प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।