सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन । विश्वासको मत लिन प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा प्रस्ताव पेश गरेका हुन् ।

मुख्यमन्त्री भट्टलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ।  एमालेको ओली खेमाको असन्तुष्टिका बीच विश्वासको मत दिने निर्णय भएको हो । सुदूरपश्चिममा एमालेको माधव नेपाल पक्षको बहुमत रहेको छ।  यस्तै काँग्रेसले आवश्यक पर्दा मत दिने गरी तटस्थ बस्ने निर्णय गरेको छ । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।  प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् । तीमध्ये ७ जनामात्र ओली पक्षका छन् । एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ ।

यस्तै प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।