गणतन्त्र पछि नेपालको राजनीतिमा उदाएका केपी शर्मा ओली र राष्ट्रपति भण्डारी एमालेमा एउटै गुुट चलाउने पात्र हुन । दुबै जना नेपालमा गणतन्त्रको ल्याउने आन्दोलनमा सक्रियता नजनाएका पात्र हुन ।अहिले  नेपालको राजनीतिमा यी दुई जनाको चर्चा निकै भएको छ। प्रतिनिधिसभा विघटन गर्दा यिनिहरुको भेट मध्यरात  भएको थियो । ओलिले महत्त्वपूर्ण निर्णय लिदा मध्यरात भेट्ने गरेको रहस्य खुलेको छ। आखिर किन यस्तो गर्छन् ओलि ?  इतिहासमा मध्यराति गरेको निर्णयलाई कालो दिन मानिएका छन । नेपाललाई फेरि कालो दिनमा फर्काउन ओलिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यरात भेटवार्ता गर्ने गरेको जानकारहरुले बताउने गरेका छन । जनआन्दोलन दबाउन पनि राजाहरूले मध्यरात नै घोषणा गरेको इतिहास नेपालमा रहेको छ। ज्ञानेन्द्रले पनि ६२/६३ काे जनआन्दोलन दबाउन मध्यरातको समय नै प्रयोग गरेको जनताहरुलाइ जानकारी छ।बिश्वका शासकहरुले नराम्रो कदम चाल्न मध्यरात नै रोजेको इतिहास रहेको छ। यसैक्रममा नेपालमा पनि पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र रास्ट्रपति बीच मध्यरात शीतल निवासमा छलफल हुने गरेको छ।