नेकपा एमाले विवाद मिलाउन ओलिले एकपछि अर्को कार्ड फालेका छन । जेष्ठ २ गतेको एमाले फर्काउने मध्य राति घोषणा गरेका ओलिले प्रधानन्यायाधीशलाई प्रयोग गरि आजै अर्को कार्ड फालेका छन । यो कार्ड अन्तर्गत  प्रधानन्यायाधीश शमशेर जबरा बिरामी भएका छन् । उनी बिरामी परेका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । ‘सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’ अदालतले जानकारी दिएको छ।

जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ । प्रतिनिधिसभा विघटन मुद्दा पछि धकेलिए यसको फाइदा ओलिलाई  पर्ने भएकोले प्रधानन्यायाधीशबिरामी परेको वकिलहरुले शंका गरेका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थितिसँगै सोमबार तीनवटा इजलासमा ५ जना न्यायाधीशको मात्रै बेञ्च तोकिएको छ ।