कैलाली :-नेपालमा ससस्त्र द्वन्दको बेलामा माओबादी लडाकुले विभिन्न सैनिक अभ्यास गर्ने थलो आज आएर कब्जा गरेको  समाचार बाहिर आएको छ ।  माओवादीले प्रयोग गरेका शिविरलाई कस्ले प्रयोग गरेको छ भन्ने बारे कसैलाई थाहा छैन आज अग्निज्वाला पत्रकारले यस बारे शिविरको अवस्था बुझदा  यस्तो देखेको छ। यस्तै अरु शिविर के मा प्रयोग छन भन्ने जानकारी राज्य संग हुनु आवश्यकता  छ।

माओवादी लडाकुहरुले प्रयोग गर्दै आएको कैलालीमा रहेको ७ औं  डिभिजन अन्तर्गतको सहजपुर शिविरलाई कब्जा गर्ने चलखेल सुरु भएको खुलेको छ l

शिविरभित्रको सरकारी जमिनलाई निजी भन्दै खरिदबिक्री गर्न खोजेको स्थानीयको गुनासो छ। साथै शिविरलाई सुरक्षा दिंदै आएको सशस्त्र प्रहरीको क्याम्प नै हटेपछि चोरी तस्करी समेत बढेको त्यहाँका जनप्रतिनिधिले बताएका हुन्।