बालुवाटारस्थित ललिता निवास जग्गा काण्डका प्रमुख नाइकेलाई उन्मुक्ति दिदै ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्न अहिलेका उपप्रधानमन्त्री बिस्नु पौडेल सहित उनका छोराको नाम जोडिएको थियोे । तर ४९ जनाविरुद्ध मात्र भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । यस विशेषमा मालपोत कार्यालयका प्रमुख संग सम्पर्क गर्दा मोबाईल अफ गरिएको छ ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश  अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ । सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ ।