नेकपा एमालेमा लामो समय झुठ र फुट राजनीति गरि अध्यक्ष हुदै सत्तामा आएका केपि ओलिलाइ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ठेगान लगाउने भएको छ। आज बसेको स्थायी समिति बैठकले ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताको नाममा हुने प्रचारको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ ।त्यस्तै ओलि विरुद्ध संगठन निर्माणमा सक्रिय बन्न कार्यकर्तालाई आह्वान गरेको छ। बैठकको निर्णयमा भनिएको आ-आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रूपमा संगठन निर्माणको काममा सक्रिय भै उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई र सदस्यहरुलाई आह्वान गर्दछौं’।