काठमाडौं फागुन ३०-मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश-३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसकेपनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल शुरु भएको हो।

प्रदेशसभामध्येकै पहिलो बैठक आयोजना गरेको प्रदेश ३ को प्रदेशसभामा काठमाडौँबाट निर्वाचित एमाले सांसद डा अजयक्रान्ति शाक्यले प्रदेशको नाम ‘नेपालमण्डल’ राख्न उपयुक्त हुने अवधारणा सार्वजनिक गरेपछि बहस तातेको छ।

पशुपतिनाथ मन्दिर पशुपतिनाथ मन्दिर

यस प्रदेशको नामका लागि बाग्मती प्रदेश, नेवा–ताम्सालिङ प्रदेश, काष्ठमण्डप प्रदेश, पशुपति प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, नारायणी प्रदेशजस्ता नाम चर्चामा आएपनि ऐतिहासिकता, भूगोल, जाति, संस्कृति र साझा पहिचानका लागि नेपालमण्डल उपयुक्त हुने डा शाक्यको मत छ।

आफूले विस्तृत अध्ययनका आधारमा सो अवधारणा ल्याएको बताउँदै शाक्यले यसमा एमाले र अन्य दलका सदस्यले समर्थन गर्ने विश्वास व्यक्त गरे। शाक्यले एकल जातीय नाम स्वीकार्य नहुने बताए।

‘नेपालमण्डल’ शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ। इश्वीको तेस्रो शताब्दीतिरको मानिने आर्य महामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं ५०२/५०३ मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख छ।

‘नेपालमण्डल’ लिच्छवी राजामानदेव अघिदेखि नै उल्लेख भएको र पृथ्वीनारायण शाहले स्थापना गरेको बाइसे/चौबिसे, सेन र नेपालमण्डल गरी तीन राज्य खडा गरेको सन्दर्भमा तत्कालीन जिल्लानै हालको १३ जिल्लाको नेपालमण्डल रहेको डा शाक्यको भनाइ छ।

देशको नाम र शहरको नाम उस्तै खालको रहेको नेपाल मात्र नभई अन्य मुलुकमा पनि अभ्यासमा देखिन्छ। हालसम्म प्रदेश ६ ले ‘कर्णाली प्रदेश’ को नामाकरण गरिसकेको छ भने अन्य प्रदेश सरकारले औपचारिक प्रस्ताव प्रदेशसभामा लगेका छैनन्।

यसबारे प्रदेश-३ को प्रदेशसभामा बहुमतमा रहेका एमालेले भने पार्टीगत धारणा सार्वजनिक गरेको छैन। यस प्रदेशमा एमालेका ५८, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २१, विवेकशील साझा पार्टीका ३, नेपाल मजदूर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र स्वतन्त्र (नयाँ शक्ति नेपाल) एक एक सदस्य छन् ।

नेपाली कांग्रेसतर्फबाट प्रदेशसभा सदस्य रहेका नरोत्तम वैद्यले नाम र राजधानीबारे आफूहरुबीच ठूलो मतभेद नभएको दावी गरे । बैद्यले प्रदेशको नाम पशुपति राख्दा थप गरिमा बढ्ने आफ्नो धारणा रहेको बताए।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकटेलले आफ्नो माओवादी केन्द्रले पहिला नेवा–ताम्सालिङ नाम प्रस्ताव गरेको र अहिलेको सन्दर्भमा छलफल गरेर आफ्नो पार्टी निर्णयमा पुग्ने बताए। मन्त्री जमरकट्टेलले भने, ‘तर, नेपालमण्डल नामप्रति व्यक्तिगत रुपमा मेरो आपत्ति छ्रैन।’

कूल २० हजार ३ सय वर्गकिलोमिटर क्षेत्रफल (नेपालको कूल भूभागको १४ प्रतिशत) ओगटेको यस प्रदेशमा ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या र ३० लाख ७४ हजार ४ सय १२ मतदाता छन्।

यो प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं गरी १३ जिल्ला छन्। यहाँका बोलिने मुख्य भाषा नेपाली, नेपाल भाषा, तामाङ, मगर, गुरुङ र थारु हो।

उत्तरी छिमेकी चीनको केरुङ नाकासँग यस प्रदेशको भूगोल जोडिएको छ। राष्ट्रिय योजना आयोगको ‘मल्टिडायमेन्सनल पोभर्टी’ इन्डेक्स २०१८ अनुसार यस प्रदेशमा गरिबीदर २० दशमलव ६ प्रतिशत छ।

ойти vktargetяндексэто комплексностьобразование в америке на английскомsitemap xml для сайтаtours to moscow and st petersburg