काठमाडौं फागुन ३०-प्रादेशिक सरकारमा आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग सामुहिक भेटवार्ता गरेका छन्।

वामगठबन्धनले सरकार बनाएको ६ प्रदेशमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सिंहदरवारस्थित गृहमन्त्रालय पुगेर गृहमन्त्री थापासँग भेटघाट गरेका हुन्।

गृहमन्त्री थापासँग प्रादेशिक गृहमन्त्रीहरु गृहमन्त्री थापासँग प्रादेशिक गृहमन्त्रीहरु  गृह मन्त्रालय पुग्ने आन्तरिक मामिला तथा कानून मन्त्रीहरुमा प्रदेश–१ का हिक्मत कार्की, प्रदेश–३ का शालिकराम जमरकट्टेल, प्रदेश–४ का हरिबहादुर चुमान, प्रदेश–५ का कूलप्रसाद केसी छन्।

यसैगरी प्रदेश–६ का नरेश भण्डारी र प्रदेश–७ का प्रकाशबहादुर शाह छन्। यीमध्ये कार्की र शाह एमालेका हुन् भने जमरकट्टेल, चुमान, केसी र भण्डारी माओवादी केन्द्रका हुन्।

गृहमन्त्री थापा र प्रादेशिक आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुबीच करिव आधा घण्टा कुराकानी भएको बताइएको छ।

तर गृहमन्त्री थापासँगको भेटमा प्रदेश–२ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव भने थिएनन्। उनी संघीय समाजवादी फोरमका हुन्।

visitez sibérieпорталовзаказатьперелинковка примерыst petersburg russia must seeбрендинг города