लागोस:  उत्तरी नाइजेरियाको एक स्कूलबाट बन्दूकधारीहरूले १३६ विद्यार्थी अपहरण गरेकाे अधिकारीहरूले बिहीबार पुष्टि गरे  थिए।  तीन शिक्षकलाई पनि अपहरण गरिएको बताइएकाे छ।  मोटरसाइकलमा आएका बन्दुकधारीहरूले सलिहु टान्को इस्लामिक विद्यालयलाई आइतबार निशाना बनाए। एक व्यक्तिको मृत्यु भयो र तीन शिक्षक र विद्यार्थी अपहरण भएकाे विद्यालयका मालिक ओमर इद्रिसले रिपाेटरलाइ जानकारी दिए।

अपहरण गरीयका विद्यार्थीहरूको संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ। किनकी स्कूलका अधिकारीहरूले आफ्ना अभिभावकलाई आफ्ना बच्चाहरु फर्केका छन् कि भनेर थाहा पाउन सकेका छैनन्। “आमाबाबु जसले यस बारे जानकारी दिएनन, हामीले उनीहरूलाई सूचना दिन आग्रह गरेका छौं,” उनले भने। इद्रिसले भने कि अपहरणकर्ताहरूले तीन देखि चार वर्षको उमेरका ११ बच्चाहरूलाई बाटोमा छोडे। अपहृत विद्यार्थीहरू तीन देखि १४ वर्ष उमेर बीचका छन्।

उत्तरी नाइजेरियाका बन्दूकधारीहरूले यस वर्ष फिरौतीका लागि सयौं विद्यार्थी अपहरण गरेका छन् र सरकार उक्त अपराध रोक्न असफल भएको छ। एजेन्सी