अध्यक्षमा तिमिल्सिना निर्वाचित भएको घोषणा हुने

काठमाडौं, ३० फागुन – निर्वाचन आयोगले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आजको लागि तोकेको छ । आयोगले आज अध्यक्षको निर्वाचन कार्यतालिका तोकेपनि उम्मेदवारका रुपमा एमालेका सांसद गणेशप्रसाद तिमिल्सिनाको मात्र उम्मेदवारी परेकोले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने भएको छ ।

प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार नउठाएपछि उहाँ निर्विरोध निर्वाचित हुनुहुने भएको हो ।
५९ सदस्य हुने राष्ट्रिय सभामा एमालेका २७, कांगे्रसका १३, माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राजपाका २-२ सांसद रहेका छन भने राष्ट्रपतिवाट मनोनित ३ जना सांसद रहेका छन ।

राष्ट्रिय सभाको वैठक आज दिउसो १ वजे वस्नेछ । उपाध्यक्षको निर्वाचन भने आगामी चैत्र ४ गते हुनेछ ।

комплексныйwinperst отзывыфильтр минусинск яндексаyoulaновинки лета 2017как вывести сайт в топ 10 яндекса

Leave a Reply

Your email address will not be published. Required fields are marked *