कर्णालीमा कांग्रेस–माओवादी सत्ता समीकरण,

काठमाडौं – नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस दुई वटा मन्त्रालयसहित सरकारमा जाने भएको हो ।

कांग्रेसले समाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयसहित मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

स्रोतकाअनुसार सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर जिसी र उर्जामा दीनबन्धु श्रेष्ठलाई पठाउने तयारी भएको स्रोतले जानकारी दियो । उनीहरुलाई शुक्रबार शपथ ग्रहण गराउने तयारी भएको स्रोतले जानकारी दियो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना भाइरसको महामारीका अवस्थामा सरकारका काम कारबाही सहज ढंगले अगाडि बढाउन सरकारमा जाने बताए ।

गत वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा कांग्रेसले साथ दिएको थियो । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री शाही धरापमा परेका थिए ।

कर्णाली प्रदेश सभामा समाभुखसहित ३५ जना सांसद् रहेका छन् । एमाले १६, माओवादी १२, कांग्रेस ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।