बिश्व चर्चित खेलाडी रोनाल्डोको लगानीमा नयाँ होटल पेस्ताना सिआर सेभेन भाया मड्रिडको अर्थात जुन ७ तारिखमा उद्घाटन हुने भएको छ ।

रोनाल्डोले नयाँ होटल पेस्ताना सिआर सेभेन भाया मड्रिडको शुभारम्भ गर्न लागेका हुन् । १० तल्लाको रोनाल्डोको यो नयाँ होटलमा कुल १६८ कोठाहरु रहेका छन् ।

पेस्ताना सिआर सेभेन भाया मड्रिड रोनाल्डोको पेस्ताना होटल समूहसँगको आबद्धताको निरन्तरता हो । पेस्ताना होटल समूह पोर्चुगलको सबैभन्दा ठस्लो होटल कम्पनी हो ।

रोनाल्डोले यसअघि मदेइरा र लिस्बनमा होटल संचालन गरिसकेका छन् भने चाँडै अमेरिकाको न्युयोर्क र मराकेचमा होटल खोल्ने तयारी गरिरहेका छन् ।

रोनाल्डोले संचालनमा ल्याउन लागेको होटल पेस्ताना सिआर सेभेन भाया मड्रिड पेस्ताना सिआर सेभेन होटल्स ब्राण्डिङ्ग अन्तर्गत स्पेनको पहिलो होेटल समेत हो ।

मड्रिडमा संचालनमा आउने लागेको होटल १९२३ मा निर्माण भएको भवनमा रहेको छ भने होटलको लगानी १३ मिलियन युरो रहेको छ ।