सरकारकाे पूर्णता शुक्रबारभित्रै  

काठमाडौं, ३० फागुन – गत आइतबार दुईतिहाइभन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई शुक्रबारभित्र पूर्णता दिन गृहकार्य थालेका छन् ।

प्रतिनिधिसमाबाट विश्वासको मत लिई राष्ट्रियसभा अध्यक्ष र राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका प्रधानमन्त्री ओलीले सम्बन्धित दलहरुसँग मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल जारी रहेको बताए ।

मन्त्रिपिरिषदले चाँडै पूर्णता पाउनेछ, ओलीले सञ्चारकर्मीसँग भने, त्यसका लागि सम्बन्धित दलहरुसँग छलफल चलिरहेको छ । चाँडै निष्कर्षमा पुग्नेछ ।

गत फागुन ३ गते प्रधानमन्त्री ओलीले सरकार विस्तारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि अनौपचारिक छलफल गरेका छन् । ओली सरकारमा एमाले, माओवादी र संघीय फोरममात्रै सहभागी हुने सम्भावना छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।

seo оптимизация основыгпроверитьмолодыхalexa google rankget laid now for free

Leave a Reply

Your email address will not be published. Required fields are marked *