भारतले हटायो महाकाली नदीको पुल

दार्चुला, ३० फागुन – भारतले महाकाली नदीमा निर्माण गरेको चार अस्थायी काठेपुलमध्ये दुईवटा हटाएको छ । जिल्लाका व्यास गाउँपालिका र राप्ला क्षेत्रका चार ठाउँमा नेपाल भारत जोड्ने अस्थायी काठेपुलमध्ये दुईवटा पुल हटाएको प्रहरीले जनाएको छ ।

दार्चुलाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लालबहादुर साउदका अनुसार राप्लाको घाटिबगड र भारतको मालपा जोड्ने अस्थायी काठेपुल र नेपालको दोपाखे र भारतको छकन जोड्ने अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको छ । आजको नागरिकमा खबर छ ।

яндекс метрикаработыреклама яндекс google директ adwordsаудиозаписяхситон сковородадоска дубовая цена

Leave a Reply

Your email address will not be published. Required fields are marked *